ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिआरसीबारे सहमति जुटाउने प्रयास, एमालेलाई मनाउन भोलि थप छलफल


एबीसी न्यूज
८ पुस २०८०, आइतबार   २ : १२   बजे

काठमाडौं, ८ पौष । संक्रमकालीन न्यायसम्बन्धी टिआरसी विधेयक र संसद्‍को हिउँदे अधिवेशन बोलाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग छलफल गरेका छन्।

आइतबार बिहान भएको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंगो लगाउन सबै दलबीच सहमति जुटाउन प्रयास भएको छ।

थप छलफल भोलि दिउँसो ४ बजे गर्ने समझदारी गरेका छन्।

‘टिआरसी विधेयक अघि बढाउन दलहरूबीच सहमति जुटाउन विषयमा छलफल भयो,’ प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपालखबरसँग भने, ‘संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक पनि यही संसद्‍बाट अघि बढाउनुपर्छ भन्ने कुरा भएको छ।’

छलफलमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि थिए ।  ‘सहमति गरेर सबै विधेयक अघि बढाउन उहाँहरु तयार हुनुहुन्छ,’ उनले थपे ।

संसद्‍मा बेपत्ता नागरिक खोजबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक विचाराधीन छ।

एमालेले नमानेकै कारण विधेयकलाई अघि बढाउने सरकारी प्रयास सफल भएको छैन। त्यहीकारण एमालेलाई पनि मनाउने गरी प्रधानमन्त्रीले सोमबार थप छलफलको समय निर्धारण गरेका हुन्।

सोमबार ४ बजेको छलफलमा सहमति जुट्ने सम्भावना रहेको नेताहरू बताउँछन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group