ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा-अहिलेको व्यवस्था कमजोर बनाउन खोजिँदै छ, इतिहास फर्किंदैन


एबीसी न्यूज
८ पुस २०८०, आइतबार   ४ : ००   बजे

काठमाडौं, ८ पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले कृष्णप्रसाद भट्टराईको विषयमा खोजीनिती गर्न नसकेको बताएका छन् । भट्टराईको बारेमा पार्टीले राम्रो पुस्तकसमेत लेख्न नसकेको देउवाको भनाइ छ ।

सन्त नेताुको छवि बनाएका भट्टराईंको शताब्दी जन्म दिवसको अवसरमा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले भट्टराईंको विषयमा जानकारी दिन पार्टीले पुस्तक सार्वजनिक गर्ने बताए ।

“उहाँको विषयमा खोजीनीती हुनुपर्छ । किताब राम्रोसँग लेख्नुपर्छ । हामी पार्टीबाट यसमा लाग्ने छौँ,” उनले भने ।

फरक प्रसंगमा उनले भट्टराईको पथमा हिँड्न सकेमात्र कांग्रेस सच्चा प्रजातान्त्रिक दल हुन सक्ने बताए । भट्टराईको पथमा हिँडे वर्तमान राजनीतिक व्यवस्था पनि बलियो बन्ने देउवाले बताए ।

आर्दशको राजनीति, विधिको शासन र किसुनजीुको योगदान विषयक अन्तर्क्रियामा सभापति देउवाले वर्तमान व्यवस्थामाथि प्रहार भइरहेको समेत बताए ।

“अहिले व्यवस्थामाथि प्रश्न आइरहेको छ । कमजोर बनाउने कुरा भएको छ । हामी सबै एक भएर लाग्नुपर्छ,” उनले भने, “इतिहास फर्कने कुरा छैन । गणतन्त्रात्मक लोकतन्त्रको माध्यमबाट अघि बढ्नुपर्छ । यसमा कृष्णप्रसाद भट्टराईको ठूलो योगदान छ ।”

सभापति देउवाले भट्टराईको बारेमा जति बाले पनि कम हुने धारणा राखे । २०४७ को संविधान बनाएर राजतन्त्रसहितको प्रजातन्त्र स्थापना गर्दै नेपाली जनतालाई सर्वसत्ता सम्पन्न बनाउन भट्टराईं सफल भएको भनाइ देउवाको थियो । साथै उनले भट्टराई सच्चा त्यागी नेताु भएको र कुनै दाग लाग्न नसक्ने व्यक्ति भएको भन्दै प्रशंसा गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu