ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्र आएपछि विकासले गति लिएको सञ्चारमन्त्रीको दाबी


एबीसी न्यूज
८ पुस २०८०, आइतबार   ४ : ०४   बजे

काठमाडौं, ८ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन र आर्थिक समृद्धिको प्रयास नै सरकारको प्राथमिकतामा भएको बताएकी छन् । उनले शासन प्रणालीको विषयमा उठेका सवालबारे नकारात्मक धारणा भन्दा पनि सकारात्मक हुनुपर्ने बताइन् ।

विराटनगरमा प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले गणतन्त्र आएपछि विकासले गति लिएको दाबी गरिन् ।

यो व्यवस्थामा जे गर्दा पनि छुट हुन्छ भन्ने धारणा गलत हो । यही व्यवस्थामा जनाधिकार रक्षा हुन्छ । गणतन्त्र जनताको व्यवस्था हो, उनले भनिन् ।

सुशासनका सवालमा नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करीका घटना, मिटर ब्याजका समस्याजस्ता विषयको छानबिन गर्न सरकारले वातावरण बनाएको उनको भनाइ छ ।

ठूलालाई कानुन लाग्दैन वा छानबिन हुँदैन भन्ने बुझाइमा परिवर्तन ल्याउन सरकारले गरेका काम सहयोगी भएको बताइन् ।

सरकारको एक वर्ष पूरा गर्न लागेको भन्दै भएका काम, प्रगति र समस्या प्रधानमन्त्रीले देशवासीलाई जानकारी गराउने उनले बताइन् । ूसमस्या छैनन् भन्ने होइन तर राम्रा काम भइरहेका छन्, उनले भनिन् ।

उनले अब लक्ष्य र समय निर्धारण गरेकामा गर्दै सरकार गतिशील हुने बताइन् ।‌ सरकारले अझ सफल काम गर्ने र जन विश्वास कायम गर्ने दाबी गरिन् ।‌

मन्त्री शर्माले मध्यपहाडी लोकमार्गमा टेलिकमको अप्टिकल फाइबर बिछ्याउने कामबारे समेत आजै जानकारी लिएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group