ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आरती साहका श्रीमान् मोतीबाबु पक्राउ


एबीसी न्यूज
९ पुस २०८०, सोमबार   १ : ३०   बजे

जनकपुर, ९ पुस । सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलान गरेका आरती साहका श्रीमान् मोतीबाबु साह सोमबार जनकपुरबाट पक्राउ परेका छन् । सर्वोच्च अदालतको आदेशपछि फरार रहेका साहलाई जनकपुरको सीता चोकस्थित होटल सगुन प्लाजाबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले जानकारी दिए ।

विशेष सूचनाका आधारमा साहलाई धनुषा प्रहरीले पक्राउ गरेको एसपी शर्माले बताए । ‘मोतीबाबुलाई हामी खोजी गरिरहेका थियौं । कहिले भारतमा गएर लुक्ने, कहिले नेपाल फर्किने गरेको सूचना हामीसँग थियो,’ एसपी शर्माले कान्तिपुरसँग भने,‘उनी शुक्रबार भारतबाट आएर जनकपुरको होटलमा बसिरहेको थाह पाएपछि पक्राउ गरिएको हो ।’ धनुषाका प्रहरी प्रमुख एसपी शर्माका अनुसार अदालतबाट म्याद थपेर उनलाई हाल धनुषा प्रहरीकै हिरासतमा राखिनेछ । ‘अदालतले कुन कारागारमा राख्न भन्छ, त्यसपछि हामी उनीलाई त्यही पठाइदिनेछु,’ एसपी शर्माले भने ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ थापा चोककी २२ वर्षीया आरती साहको २०८० जेठ ७ गते घरमै रहस्यमय मृत्यु भएको थियो । दाइजोको निहुँमा आरतीलाई उनका पति मोतीबाबु र ससुरा मदनमोहन साहलगायत घरका अन्य सदस्य मिलेर यातना दिइ हत्या गरेको आरोप छ ।

धनुषा प्रहरीले सुरुमा आरतीको ‘हत्या’लाई आत्महत्या भन्दै मुद्दा सल्टाउन खोज्यो । तर, आरतीको हत्या नै भएको दाबी गर्दै उनका पिता विनोद साह, बहिनी मनिषा साह र आमा निर्मलादेवी संघर्षमा उत्रिनु पर्‍यो । धनुषा प्रहरीले अटेरी गरेपछि आरतीको माइती पक्ष न्यायका लागि काठमाडौं पुगेका छन् ।

धनुषा जिल्ला अदालतले आरतीको मुद्दामा उनका पति मोतीबाबु र ससुरा मदनमोहन साहलाई पुर्पक्षका लागि कारगार पठाइदिएको थियो । उच्च अदालत जनकपुरले भने जिल्ला अदालतको निर्णय उल्टाउँदै असोज १८ गते २०८० मा आरतीका पति मोतीबाबु र ससुरा मदनमोहनलाई कारागार मुक्त गरिदिएको थियो । तर सर्वोच्च अदालतले उच्च अदालतको फैसला उल्टाउँदै कारागार चलान गर्न आदेश दिएपछि उनलाई पक्राउ गरिएको हो ।

शुक्रबार जनकपुरको सगुन प्लाजा होटलमा कोठा बुक गर्दा मोतीबाबुले रविकुमार साह नामको सवारी चालक अनुमति पत्रको कार्ड दिएका थिए । जनकपुरको रमण कन्ट्रक्सनमा इञ्जिनियरको काम गर्ने बताउँदै मोतीबाबु सगुन प्लाजा होटलमा चार दिनदेखि बसिरहेका थिए । होटल सगुन प्लाजाका सञ्चालक रुपेश सिंहका अनुसार मोतीबाबुलाई भेट्न दिनहुँजसो मानिस थुप्रिन्थ्यो । ‘अबेर रातिसम्म उनका मानिसहरुको आउजाउ लागिरहन्थ्यो,’ होटल सञ्चालक सिंहले भने,‘होटलको मेन गेट लगाइदिएपछि अबेर राति आग्रह गरेर खोल्न लाथ्यो । नाम ढाँटेर बसेको रहेछ, हामीले चालै पाएनौं ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group