ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिकरणकै मार खेप्दै गंगालाल अस्पताल पनि


एबीसी न्यूज
९ पुस २०८०, सोमबार   २ : ५०   बजे

काठमाडौं, ९ पौष । गंगालाल राष्ट्रिय हृदयकेन्द्रका कार्डियाक सर्जन डा। रामेश कोइरालाले शुक्रबार राति आफ्नो ट्वीटरमा लेखे “।।।सरी गंगालाल र धन्यवाद भाउजू ।”

आफू सरकारी सेवाबाट राजीनामा दिने स्थितिमा पुगेको ट्वीटको आशय छ ।

उनले लेखेका छन्, “देशमा स्वास्थ्य र शिक्षा सरकारको दायित्व हो भन्ने म मन नपरीकन पनि कसोकसो सरकारीबाट राजीनामातिर पुग्दै छु । मेरो भान्साबारे चिन्तै गरेर दण्डवत्को हैसियतमा त छुइँन नै । सरी गंगालाल र धन्यवाद भाउजू १ जय नेपाल १”

डा। रामेशको यो ट्वीट गंगालाल अस्पतालभित्रको पछिल्लो घटनाक्रम र निर्देशक नियुक्तिमा भएको राजनीतिक हस्तक्षेपको प्रतिक्रिया हो भनेर बुझ्न गाह्रो हुँदैन ।

निर्देशक नियुक्तिमा राजनीतिक हस्तक्षेप

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशक पद शुक्रबारबाट खाली भएको हो । यसअघिका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीको चार वर्षे कार्यकाल पुस ७ गतेबाट सकिएको थियो ।

नयाँ निर्देशक सिफारिसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छलफल सुरु गरेको छ । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, निर्देशकमा दुई राजनीतिक दलले आ–आफ्नै तर्फबाट उमेदवारको नाम अघि सारेका छन् ।

सिनियर कन्सल्टेन्ट कार्डियोलोजिष्टद्वय डा। अरुण मास्के र डा। रवि मल्ल । ती अधिकारीका अनुसार डा। मल्ललाई निर्देशक सिफारिस गर्न मन्त्रीलाई कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको दबाब छ ।

ती अधिकारीका अनुसार, हाल गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिमा सदस्य समेत रहेका डा। मल्लले भने उमेर हदका कारण निर्देशकको जिम्मेवारी लिन मानिरहका छैनन् । उता, डा। मास्केलाई निर्देशक सिफारिस गर्न माओवादीका तर्फबाट दबाब छ । यसअघि डा। मास्के २०६६ वैशाख १४ देखि २०६८ वैशाख १३ सम्म दुई वर्षका लागि कार्यकारी निर्देशक थिए ।

चार वर्षका लागि नियुक्त भएका डा। मास्केले अस्पतालभित्रको किचलोको कारण देखाउँदै दुई वर्षमा नै राजीनामा दिएको अस्पतालका कर्मचारी बताउँछन् ।

नयाँ निर्देशक सिफारिसका लागि स्वास्थ्यसचिव र अतिरिक्त सचिवसहित मन्त्री मोहनबहादुर बस्नेत शुक्रबारदेखि छलफलमा जुटेका छन् । तर मन्त्रीले सिफारिस गर्न चाहेका व्यक्ति आफैँ निर्देशकको जिम्मेवारी लिन तयार नभएपछि यो विषय टुंगो लागेको छैन ।

मन्त्रीसँग लामो छलफलमा बसेका अस्पताल सञ्चालक समिति सदस्य समेत रहेका स्वास्थ्यसचिव डा। रोशन पोखरेल आफू पोखरामा रहेका कारण निर्देशक सिफारिसबारे टुंगो लागे या नलागेको जानकारी नभएको बताउँछन् ।

उमेरहदको छुट्टै बहस

गंगालाल राष्ट्रिय हृदय केन्द्रको कर्मचारीहरुको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली २०५८ संशोधनसहितको नियम १०।१ को उपनियम ३ ले कर्मचारीको उमेर हदबारे बोलेको छ । सो नियम अनुसार, केन्द्रका कर्मचारीको सेवा अवधि ६० वर्ष तोकिएको छ ।

तर, तत्कालीन स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङको अध्यक्षतामा २०७९ साउन २१ बसेको अस्पताल सञ्चालक समिति बैठकले उक्त नियम संशोधन गर्ने निर्णय गरेको थियो ।

जसमा सेवामा बहाल रहेका प्रशासनिक तथा प्राविधिक कर्मचारीहरुका लागि ६० वर्ष तथा प्राविधिक विशेषज्ञ चिकित्सकहरुका लागि ६३ वर्ष पुगेपछि सेवाबाट अनिवार्य अवकास दिइनेछ भन्ने नियम राख्ने निर्णय गरेको थियो । उक्त निर्णय त्यही दिनबाट लागू हुने निर्णयमा उल्लेख छ ।

हाल निर्देशकको चर्चामा आएका दुवै विशेषज्ञहरु उमेरले ६० वर्ष कटिसकेका छन् ।

डा। मास्केलाई यसअघिका निर्देशक डा।चन्द्रमणि अधिकारीले उमेर हदको नियम देखाउँदै २०८० असोज १६ मा अनिवार्य अवकास पत्र थमाएका थिए । तर सञ्चालक समितिले गरेको ६३ वर्षे उमेर हदको निर्णयविपरीत आफूलाई अवकासपत्र थमाइएको भन्दै डा। मास्के कानुनी उपचारका लागि सर्वोच्च पुगेका थिए ।

सर्वोच्चले डा। मास्के प्राविधिक विशेषज्ञ भएकाले ६३ वर्षे उमेर हद लागू हुने भन्दै अन्तरिम आदेशमार्फत् उनलाई कामकाजमा फर्किने बाटो खुला गरिदिएको थियो । तर, उक्त मुद्दाको अन्तिम फैसला आइसकेको छैन ।

गंगालाल राष्ट्रिय हृद्य केन्द्र ऐन २०५७ को दफा ११ मा केन्द्रको प्रशासकीय प्रमुखको रुपमा दैनिक प्रशासन सञ्चालन गर्न हृदयरोग विशेषज्ञमध्येबाट नेपाल सरकारले एकजना कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group