ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला क्रिकेटमा मधेशको पहिलो जित, गण्डकीको तेस्रो हार


एबीसी न्यूज
९ पुस २०८०, सोमबार   ३ : ३१   बजे

काठमाडौं, ९ पौष । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा मधेश प्रदेशले पहिलो जित हात पारेको छ ।  मूलपानी क्रिकेट मैदानमा आज सोमबार भएको खेलमा गण्डकी प्रदेशलाई २७ रनले हराउँदै मधेशले पहिलो जित हात पारेको हो ।

 

मधेशले दिएको ११३ रनको लक्ष्य पछ्याएको गण्डकी १९।४ ओभरमा ८५ रनमा अलआउट भएको हो । गण्डकीका लागि सुमन खतिवडाले सर्वाधिक ४२ रन बनाइन् । उनले ३३ बलमा ६ चौका प्रहार गरेकी हुन् । सृष्टि जैशीले ३४ बलमा १ चौकासहति १५ रन बनाइन् भने अन्य कुनैले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

मधेशका लागि पुजा महतोले सर्वाधिक ३ विकेट लिइन् । सरस्वती कुमारी चौधरी, कविता गौतम र साक्षी यादवले १र१ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रन बनाएको थियो । मधेशका लागि ओपनर पुजा महतोले सर्वाधिक ३८ रन बनाइन् । उनले ४३ बलमा ५ चौका प्रहार गरिन् ।

सरस्वती कुमारी चौधरीले २६ रन बनाइन् भने प्रतिमा साहले १० रन बनाइन् । मधेशले २२ रन अतिरिक्त पाएको थियो ।

गण्डकीको लागि सुमन खतिवडाले सर्वाधिक ३ विकेट लिइन् । कुसुम गोदारले १ र सृष्टि जैशीले १र१ विकेट लिए ।

चौथो चरणको यो खेलसँगै गण्डकी र मधेशको खातामा १र१ जित सहित समान २ अंक छ । नेट रन रेटका आधारमा गण्डकी छैटौं स्थानमा छ भने मधेश रनरेटका आधारमा सातौं स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group