ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजेन्द्र महतो-मधेशवादी दल समाप्त हुने बाटोमा छन्


एबीसी न्यूज
१० पुस २०८०, मंगलबार   ४ : ३५   बजे

काठमाडौं, १० पौष । लोकतान्त्रिक समाजवादी पार्टीलोसपा का वरिष्ठ नेता राजेन्द्र महतोले मधेशवादी भनिएका दलहरू समाप्त हुने बाटोमा रहेको बताएका छन् । नेता महतोले जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकार छोडेर संघर्षमा नआए समाप्त हुने तथा नया शक्तिको उदय हुने बताएका हुन् ।

सप्तरीको राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता महतोले मधेश आन्दोलनलाई राज्यले अपराधीकरण गरिरहेको र त्यो सरकारमा मधेशवादी पार्टी सामेल रहनुले उनहरूले समाप्तिको बाटो रोज्नु जस्तै रहेको बताए । नेता कार्यकर्तामाथि मधेश अन्दोलनकै कारण आजीवन कारावास भइरहँदा एकथान मन्त्रीका लागि सतामा टाँसिइरहनु मधेशवादी दलहले समाप्तिको बाटो रोज्नु जस्तै भएको महतोको भनाइ छ ।

मधेश आन्दोलनका क्रममा महोतरीमा भएको सुरक्षाकर्मीको हत्याको विषयमा अभिराम शर्मासहितलाई आजीवन कारावाससहितको सजाय भइरहँदा मधेशवादी दल चुप लागेर बस्नु मधेश आन्दोलनलाई अपराधीकरण गर्ने र्फको सरकारी सोचमा समर्थन गर्नु रहेको महतोको भनाइ छ ।

‘मधेश आन्दोलन तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा भएको थियो,’ नेता महतोले भने,‘मधेश आन्दोलनमा लागेकाहरूलाई मुद्दा लगाएर आजीवन कारावास हुँदै गर्दा आह्वानकर्ता दल र तिनका नेताको चुप्पी शंकास्पद छ ।’

नेता महतोले झापा विद्रोह, र माओवादीको ‘जनयुद्ध’ लाई विद्रोह मान्ने तर मधेश आन्दोलनलाई अपराध मान्ने काम भए मधेशमा नयाँ शक्तिको उदय हुने पनि चेतावानी दिए । महतोले आफ्नै पार्टी लोसपालाई ‘लोसे पार्टी’को संज्ञा दिए । लोसपामा आन्तरिक संघर्ष चर्किएको उल्लेख गर्दै भने, ‘लोसपालाई अब मान्छेले लोसे पार्टी भन्न थालिसकेका छन् ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group