ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस कोशीबाट राष्ट्रिय सभामा कृष्णप्रसाद, सुजाता र मीनेन्द्रको नाम सिफारिस


एबीसी न्यूज
१० पुस २०८०, मंगलबार   ४ : ५०   बजे

काठमाडौं, १० पौष ।  नेपाली कांग्रेस कोशी प्रदेश समितिले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका आकांक्षीको नाम सिफारिस गरेको छ।

कोशी प्रदेश कार्यालय विराटनगरमा बसेको कांग्रेसको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीबाट आकांक्षीको नाम सिफारिस गरेको हो।

उक्त निर्वाचनका लागि कांग्रेसले नजिल्लाबाट आएका नामलाई क्रमैसँग राखेर केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको हो।

 

यसअघि नै कांग्रेस केन्द्रीय समितिले पुस १० गतेभित्र आकांक्षीको नाम पठाउन निर्देशन दिएको थियो। प्रदेश कार्यसमितिले नेताहरूको मर्यादाक्रम र वरीयता ख्याल गरेर नाम पठाएको महामन्त्री भूपेन्द्र राईले जानकारी दिए।

राईका अनुसार केन्द्रीय कार्य समितिले तीनजनाको नाम मागेकोमा ६३ जनाको नाम सिफारिस गरेको छ।

जिल्लाबाट आएकामा प्रदेश कार्यसमितिले झापाका कृष्णप्रसाद सिटौला र महिलातर्फ मोरङकी सुजाता कोइरालाको नाम पहिलो नम्बरमा राखेर पठाएको हो।

तर यी दुवै नेता २०७९ मंसिरको निर्वाचनमा पराजित भएका हुन्। सिटौला झापा ३ मा राजेन्द्र लिङ्देन र सुजाता मोरङ ३ मा एमालेका ऋषिकेश पोखरेलसँग पराजित भएकी थिइन्।

कांग्रेस प्रदेशले महेश आचार्य, डा। मीनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य, डा। डिला संग्रौला र रुक्मिणी कोइरालासहितको नाम केन्द्रमा पठाएको छ।

राष्ट्रियसभाका लागि सभापति शेरबहादुर देउवाले सिटौलालाई अघि सार्ने तयारी छ। चौधौँ महाधिवेशनमा आफूलाई साथ दिएका सिटौलालाई राष्ट्रिय सभामा पठाउने योजना देउवाको छ।

कोशीबाट डा। शेखर कोइराला पक्षले डा। मिनेन्द्र रिजाललाई उम्मेदवार बनाउनुपर्ने अडान राखेको छ। कोइराला समूहले कांग्रेसले पाउने राष्ट्रियसभाका ९ सिटमा कम्तीमा ४ आफ्नो समूहका हुनुपर्ने बताउँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu