ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धन झनै बलियो भएको छ, पाँचै वर्ष जान्छ : प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
११ पुस २०८०, बुधबार   ४ : ४५   बजे

गोरखा, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन झनै बलियो भएको बताएका छन् ।

गोरखाको सुलिकोट गाउँपालिकाले गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गठबन्धन पाँचै वर्ष जाने पनि बताए । ‘मंसिरको पहिलो साता आकाशै खस्ला जस्तो प्रचार गरिएको थियो । तर सबै अतिवाद बिफल भएको छ, पाँचै वर्ष गठबन्धन जान्छ’ उनले भने, ‘जति षडयन्त्र बलियो हुन्छ, गठबन्धन झनै बलियो भएको छ ।’
चुनावी अभियानका क्रममा गरेको प्रतिबद्धता आफूले नभुलेको भन्दै प्रधानमन्त्री दाहालले सरकारको एक वर्षे कार्यकालमा केही रेकर्डहरू बनेको बताए । ‘मंसिरको पहिलो हप्ता आकाश खस्छ क्यारे ! धरती नै भासिन्छ जस्तो गरी हो–हल्ला गरे, जनतालाई पनि केही हुन लाग्यो कि भने जस्तो भयो, तर सरकारले धैर्यता र दृढताका साथ विफल तुल्यायो,’ उनले भने ।

त्यसपछि पनि धार्मिक, जातीय, अतिवादी सोचहरू र प्रवृत्तिलाई पनि परास्त गरिएको उनको भनाइ छ । ‘जति षड्यन्त्र भएको छ, हाम्रो गठबन्धन अझै बलियो र सुदृढ हुँदै गएको छ, यो गठबन्धन पाँचै वर्ष जान्छ, एक वर्ष न बित्यो, एक वर्ष बित्दा यति काम भएको छ भने अर्को चार वर्ष यो गठबन्धन हुँदा अझै ठूल-ठूला सफलता हासिल गर्न सक्नेछौँ ।’

उनले सरकारले अब थप रेकड बनाउने ढंगले काम गरिरहेको बताए । ‘यस्ता कामहरु प्रतिक्रियावादी, दक्षिपन्धी अराजकतावादीले भन्न चाहँदैनन्,’ उनले भने, ‘बारपाक सुलकोट गाउँपालिकाको प्रशासकीय भवन वनेको छ, हामी गाउँ-गाउँमा सिंहदरबार पुर्‍याउनुपर्छ, जनताको घरदैलोमा यस्तो प्रशासन हुनुपर्छ भने लडाइँ लड्यौँ, महिलाको प्रतिनिधित्व, उत्पीडित समुदायको अधिकार र समानुपातिक समावेशी प्रणालीमा जे भएको छ, यो ऐतिहासिक छ ।’

परिवर्तनबाट हिजोका सामन्त, दलाल र नोकरशाहहरू छटपटाएको दाहालको भनाइ छ । ‘के गरी गठबन्धनलाई बद्नाम गर्ने ? के गरेर तोड्ने ? परिवर्तनलाई के गरी उल्टाउने होला भनेर नकरात्मककता, अँध्यारो मात्र मात्र देखाउने ? जनतालाई निराश बनाउने यता पनि अँध्यारो, उता पनि अँध्यारो बनाउने, भएको कुरा भन्नै नचाहने, विध्वंश प्रवृर्ति देखा पर्न खोजेको छ,’ उनले भने, ‘सबै मिलेर यसको प्रतिवाद गर्नुपर्नेछ, यसमा सबै जनसमुदाय सचेत छन्, जति बल गरेपनि केही लागेको छैन, हो–हल्ला भएको छ, धैयर्ता र दृढताका साथ विफल तुल्याइयो ।’

गठबन्धन कमजोर बनाउन धार्मिक द्वन्द्व सिर्जना गर्न खोजिएको प्रधानमन्त्री प्रचण्डले बताए । ‘गठबन्धनका विरुद्ध विभिन्न षडयन्त्र र धार्मिक द्वन्द्व सिर्जना गरियो । तर उनीहरुले जतिसुकै बल गरेपनि केही भएको छैन’, प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले एक वर्षमै केही रेकर्डहरु बन्नेगरी काम गरेको बताए । तर व्यवस्था विरोधीहरुले सरकारले गरेको काम मन नपाएको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group