काठमाडौं ११ पुस । नेपाल उद्योग परिसंघका पदाधिकारीसहित उद्योगी व्यवसायीले डेडिकेटेड र ट्रंक लाइन विवादका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।
परिसंघका उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरूले राजनीतिक दलका नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
मंगलबार एमाले अध्यक्ष ओलीसँग भेट गरेका उद्योगीले बुधबार कांग्रेस सभापति देउवासँग भेटघाट गरेका हुन् ।
भेटमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले कानूनी व्यवस्था अनुरूप विवाद समाधान हुनु पर्ने बताएको परिसंघले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्