ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राधिकरणको ‘मनोपोली- कार्यविधि मिचेर निगमको अडिट गर्दै


एबीसी न्यूज
११ पुस २०८०, बुधबार   ७ : ०२   बजे

काठमाडौं, ११ पौष । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान०ले वायुसेवा कम्पनीको अडिट गर्न आफैँले बनाएको कार्यविधि कार्यान्वयन नगरेको पाइएको छ ।

प्राधिकरणको ‘सर्भिलेन्स पोलिसी एण्ड प्रसुडर म्यानुअल’को ‘सर्भिलेन्स प्रसुडर फर दि इन्स्पेक्टर्स क्यारिङ आउट रुटिन सर्भिलेन्सेस’को ‘ए’ मा ‘प्राधिकरण क्यान०ले कुनै पनि वायुसेवा कम्पनीको ‘अडिट’ गर्न जानुभन्दा कम्तीमा ७ दिन पहिले नै ‘मेल÷चिठी’ पठाउनुपर्ने’ उल्लेख छ ।

उक्त वायुसेवा कम्पनीले अनुमति दिएमा ‘अडिट’ गर्न सकिन्छ अन्यथा कम्पनी तयार नभएको अवस्थामा सात दिन स्थगित गर्न सकिन्छ । तर, प्राधिकरणले पछिल्लो पटक नेपाल एयरलाइन्सको अडिटमा आफ्नै कार्यविधि पालना नगरेको देखिएको छ ।

प्राधिकरणको कार्यविधिअनुसार कुनै पनि वायुसेवा कम्पनीका विस्तृत अडिट गर्न जानुभन्दा सात दिन पहिले मेल वा चिठी पठाउनुपर्ने हुन्छ । तर, निगमलाई दुई दिनअघि मात्र मेल पठाएर प्राधिकरणले निगमको ‘विस्तृत अडिट’ गरेको छ ।

प्राधिकरणले ‘डिसेम्बर ६ मा निगमको ‘विस्तृत अडिट’ गर्ने भन्दै डिसम्बर ४ मा निगमलार्ई मेल पठाएको छ । प्राधिकरणको टोली डिसेम्बर ६ मा निगमको कार्यालय आरएनएसी पुग्यो । कर्मचारीले ‘ग्राउन्ड ह्यान्डलिङ’ विषयमा आन्दोलन कारण उक्त दिन अडिट गरिएन ।

डिसेम्बर ६ मा प्राधिकरण टोली फर्कियो । पुनः सात तारिखबाट अडिट सुरु गरेको थियो । प्राधिकरणले निगमको डिसेम्बर सात देखि १२ सम्म ६ दिने ‘विस्तृत अडिट’ गरेको थियो । प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतमले कुनै पनि वायुसेवा कम्पनीको अडिट प्राधिकरणले जुनसुकै बेला पनि गर्न सक्छ । तर, ‘विस्तृत अडिट’ गर्दा पूर्वजानकारी वा आपसी समझदारीमा हुनुपर्छ ।

“एउटा आकस्मिक अडिट हुन्छ । यस्तो अडिट क्यानले जुनसुकै बेला पनि गर्नसक्छ । आकस्मिक अडिट सीमित विषय, सीमित क्षेत्र वा कुनै सूचना आयो, शंका लाग्यो अथवा सेफ्टीमा लापरबाही भइरहेको छ भने कुनै जानकारी विना गएर पनि प्राधिकरणले अडिट गर्न सक्छ,” गौतमले भने ।

उनका अनुसार, अर्को ‘विस्तृत अडिट’ हुन्छ । यस्तो खालको अडिट गर्दा एकआपसमा सहमति अथवा प्राधिकरणले कम्तीमा सात दिन पहिले पूर्वजानकारी गराउनुपर्ने हुन्छ ।

किनभने त्यतिकै जाँदा उनीहरुले समयमा डकुमेन्ट दिन सक्दैनन्, डकुमेन्टबारे विस्तृत बुझाउन सक्ने जनशक्ति तुरुन्त त्यहाँ नहुन सक्छन्, त्यसले गर्दा त्यो अडिट प्रभावकारी पनि हुँदैन र समय पनि बढी लाग्छ ।

पूर्वजानकारी वा आपसी समझदारीमा ‘विस्तृत अडिट’ गरेमा प्रभावकारी हुने गौतमले बताए । उनका अनुसार, प्राधिकरण ‘विस्तृत अडिट गर्दा सम्बन्धित वायुसेवा कम्पनीलाई अडिट गर्ने क्षेत्र, टिम र समयकाबारेमा पुर्वजानकारी गराउनुपर्ने हुन्छ ।

proce-1703675564.JPG

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu