ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राधिकरणका अध्यक्ष -एनसेलले पहिल्यै जानकारी दिनुपर्थ्यो दिएन


एबीसी न्यूज
१२ पुस २०८०, बिहिबार   १ : १४   बजे

काठमाडौं १२ पौष । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल खरिद–बिक्रीपूर्व आफूहरूलाई जानकारी नगराइएको बताएका छन् । दूरसञ्चार कम्पनी खरिद–बिक्रीपूर्व जानकारी गराउनुपर्ने प्रावधान रहेको उनले स्पष्ट पारे ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उनले किनबेचबारे जानकारी गराउन एनसेललाई पटक–पटक अनुरोध गरिएको बताए ।

“दूरसञ्चार ऐनले खरिद–बिक्रीअघि अनुमति लिनुपर्ने भन्छ,” उनले भने, “प्रविधि हस्तान्तरण ऐनले ३० दिनभित्र जानकारी गराए हुन्छ भनेको छ, यो दुई ऐन बाझियोजस्तो छ ।”

बैठकमा सञ्चारसचिव कृष्णबहादुर राउतले एनसेलका विषयमा उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेको जानकारी दिए ।

“एनसेलको विषयमा उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेको छ । समितिलाई प्राधिकरणले आवश्यक विवरण बुझाइरहेको छ,” उनले भने, “यसले वैदेशिक लगानीको अवस्थामा पर्न सक्ने असरबारे तत्काल आवश्यक कदम चाल्नुपर्छ । सरकारले रिपोर्ट आइसकेपछि चाल्नुपर्ने कदम चाल्नेछ ।”

कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार ९कानुन० टोपबहादुर विष्टले आफूहरूको कार्य अभिलेख राख्ने मात्र भएको बताए ।

“हामीले लास्टमा अभिलेख मात्र राख्ने हो । हामीले दूरसञ्चारको अनुमतिले उद्योग विभागको अनुमतिपछि अन्तिममा अभिलेख राख्ने हो । एनसेलको हकमा रेबोल्ड बिक्री भएको छैन, मदर कम्पनी मात्र परिवर्तन भएको छ,” उनले भने, “त्यसैले यहाँ केही फेरबदल भएको छैन । यस्तोमा के गर्न सकिन्छ भनेर कानुन अथवा के गर्न सकिन्छ भनेर सुझाव लिइरहेका छौँ । हाम्रो अहिले यसमा केही छैन ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu