ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लक्ष्मी पुनलाई पशुपतिमा नियुक्तिबारेको कागजात संसदीय समितिले झिकायो


एबीसी न्यूज
१२ पुस २०८०, बिहिबार   २ : ५३   बजे

काठमाडौं १२ पौष । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिबारेको कागजात माग गरेको छ।

सत्तारुढ नेकपा माओवादी केन्द्रकी नेतृ पत्रकार लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषको निर्देशक बनाउने क्रममा पेश गरिएका कागजात उपलब्ध गराउन समितिले बिहीबार सम्बन्धित पक्षलाई निर्देशन दिएको हो।

समितिको बैठकमा विभिन्न दलका सांसदहरूले पुनलाई पशुपति क्षेत्र विकास कोषको निर्देशकमा गरिएको नियुक्तिबारे प्रश्न उठाएका थिए।

 

समितिको बैठकपछि निर्णय सुनाउँदै सभापति राजकिशोर यादवले ३ दिनभित्र कागजात उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोशलाई निर्देशन दिए।

गत ४ पुसमा बसेको परिषद् बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रस्तावमा पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो।

पुनलाई विशिष्ट श्रेणी ९नेपाल सरकारको सचिव० सरह सेवा सुविधा पाउने गरी चार वर्षका पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त गरिएपछि विवाद भइरहेको छ।

पुन माओवादी नेता जनार्दन शर्मा गृहमन्त्री हुँदा प्रेस संयोजक भएकी थिइन्। उनी सत्तारुढ माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि लामिछानेले बोलाए रास्वपा सांसद र मन्त्रीको बैठक

दूरसञ्चार सेवा प्रदायकले कानुन पूर्ण पालना गर्नुपर्छ : मन्त्री तिमिल्सिना

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu