ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महसुल नतिरेका थप १४ वटा उद्योगहरुको विद्युत् लाइन काटियो


एबीसी न्यूज
१४ पुस २०८०, शनिबार   ८ : ३९   बजे

काठमाडौ १४ पौष । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगहरुको विद्युत् आपूर्ति रोकेको छ । प्राधिकरणले ५ करोड रुपैयाँभन्दा धेरै विद्युत् बक्यौता भएका उद्योगको लाइन काटेको हो ।पुस ६ गते शुक्रवारदेखि प्राधिकरणले बक्यौता रहेका यस्ता उद्योगको लाइन काट्न शुरु गरेको थियो ।

पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा उद्योग र त्यसपछि ५ गरी ९ वटा उद्योगको लाइन काटिएको थियो ।हिजो काटिएका १४ उद्योगसहित डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटाको लाइन काटिएको छ । हिजो लाइन काटिएकामध्ये बाबा जुट मिलको ९५ करोड ६१ लाख रुपैयाँ, निगाले सिमेन्टको १४ करोड २१ लाख रुपैयाँ, त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिजको १५ करोड ६६ लाख रुपैयाँ, हिमाल आइरन एण्ड स्टिलको ८ करोड १३ लाख रुपैयाँ, जगदम्बा इन्टरप्राइजेजको ४७ करोड ९८ लाख रुपैयाँ, हामा आइरनको ११ करोड ५५ लाख रुपैयाँ, एभरेष्ट पेपर मिलको २१ करोड ३६ लाख रुपैयाँ बक्यौता छ ।

यसैगरी, कसमस सिमेन्टको ३५ करोड ८२ लाख रुपैयाँ, शुभश्री अग्नि सिमेन्टको ३८ करोड १० लाख रुपैयाँ, जगदम्बा सिन्थेटिकको ४७ करोड ५३ लाख रुपैयाँ, घराना फुड्सको ५ करोड ९ लाख रुपैयाँ, सिद्धार्थ पेटप्लास्टको ५ करोड २४ लाख रुपैयाँ, बुटवल सिमेन्टको ३२ करोड ९८ लाख रुपैयाँ तथा नारायणी स्पातको ७८ करोड ४९ लाख रुपैयाँ बक्यौता रहेको र लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group