काठमाडौ १४ पौष । ६ प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । शुक्रबार हेटौँडा भेला भएर अन्तर प्रदेश समन्वय बैठक मुख्यमन्त्रीहरूले आज प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । भेटमा हेटौँडा बैठकले गरेको निर्णय र पोखरा बैठकको निर्णयबारे ध्यानाकर्षण गराउँदै सङ्घीयता कार्यान्वयन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्न उनीहरुले प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए । भेटमा हेटौँडा भेलाले गरेको ९ बुँदे निर्णय प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको थियो । मुख्यमन्त्रीहरूको टोलीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह भने सहभागी भएनन्। कार्यव्यतताका कारण मुख्यमन्त्री शाह काठमाडौँ नआएका हुन् । संघीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजवन नगर्दा काम काजमा समस्या भएको भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरु प्रधानमन्त्री प्रचण्डसँग रुष्ट रहँदै आएका छन् ।


















प्रतिक्रिया दिनुहोस्