ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको नयाँ रक्षामन्त्रीमा पूर्वनौसेना कमान्डर डोङ जुन नियुक्त


ABC NEWS
१४ पुस २०८०, शनिबार   १० : ४३   बजे

काठमाडौं १४ पुस । चीनको नयाँ रक्षामन्त्रीमा पूर्वनौसेना कमान्डर डोङ जुन नियुक्त भएका छन् ।

ली साङ्फुलाई बर्खास्त गरेको करिब दुई महिनापछि चीनले डोङ जुनलाई आफ्नो नयाँ रक्षामन्त्रीका रूपमा घोषणा गरेको छ।

शुक्रबार बेइजिङमा बसेको चिनियाँ राष्ट्रिय जनकांग्रेसको स्थायी समितिको बैठकमा चीनका शीर्ष विधायकले डोङ जुनको नियुक्तिको घोषणा गरेका हुन्।

६२ वर्षीय डोङ जुन पूर्वनौसेना कमान्डर हुन्। उनलाई अगस्ट २०२१ मा नौसेनाको कमान्डर बनाइएको थियो।

डोङ जुनले चिनियाँ सेनाको दक्षिणी थिएटर कमान्डको उपकमान्डरका रूपमा काम गरेका छन् भने उनले दक्षिण चीन सागरजस्ता विवादित क्षेत्र पनि सम्हालेका छन्।

यस वर्षको सुरुमा देशका धेरै उच्च सैन्य अधिकारीहरूलाई बर्खास्त गरेपछि चीनले यो कदम उठाएको हो।

यस वर्ष चीनले रक्षामन्त्रीबाट ली साङफुलाई हटाउनाका साथै किन ग्याङलाई पनि विदेशमन्त्री पदबाट हटाएको थियो। यी दुईलाई बर्खास्त गर्नुको कारण भने खुलाइएको छैन। दुवै जना सात महिना मात्र आफ्नो पदमा बस्न पाए।

अमेरिकासँग सैन्य वार्ताअघि चीनका रक्षामन्त्री ली साङ्फु बर्खास्त
यो साता पनि केही अधिकृतलाई बर्खास्त गरिएको छ।

समाचार एजेन्सी रोयटर्सले चीनको सरकारी सञ्चारमाध्यम सिन्ह्वालाई उद्धृत गर्दै शुक्रबार स्थायी समितिबाट नौ वरिष्ठ सैन्य अधिकारीलाई हटाएको जनाएको छ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार राज्यको स्वामित्वमा रहेको क्षेप्यास्त्र प्रतिरक्षा कम्पनीका तीन अधिकारीलाई पनि यस हप्ताको सुरुमा चीनको शीर्ष राजनीतिक सल्लाहकार निकायबाट हटाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group