ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य बीमा बोर्डको आचारसंहिता- मोबाइल र सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध, सरकारको आलोचना गर्न नपाइने


एबीसी न्यूज
१५ पुस २०८०, आइतबार   ३ : ५९   बजे

काठमाडौं १५ पौष । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम प्रेषण सेवा सम्बन्धी कार्यविधि जारी गरेको छ। शुक्रबार बसेको बोर्ड बैठकले कार्यविधि स्वीकृत गर्दै लागू गर्ने निर्णय गरेको बोर्डले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

यस्तै बैठकले बोर्ड र स्वास्थ्य बीमा कार्यक्रमलाई मर्यादित र अनुशासित बनाउन आचारसंहिता समेत स्वीकृत गरेर लागू गर्ने निर्णय गरेको छ।

 

आचारसंहितामा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाइने, दाबी व्यवस्थापन शाखा र सूचना शाखाका कर्मचारीहरूले कार्यालय भित्र रहँदा व्यक्तिगत मोबाइल प्रयोग गर्न नपाइने भनिएको छ।

यस्तै स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य बीमा कार्यक्रमको बारेमा सार्वजनिक धारणा राख्नुअघि सो विषयसँग सम्बन्धित पदाधिकारीलाई जानकारी गराउनुपर्ने, सामाजिक सञ्जालमा बोर्डका गोप्य सूचना वा सेवाका मूल्यमान्यता, आचरण र सामाजिक मर्यादा विपरीतका कार्यहरू गराउन नहुने पनि भनिएको छ।

त्यस्तै, सामाजिक सञ्जालमा तीनै तहका सरकारको आलोचना गर्न, राजनीतिक टिप्पणी गर्न, अपराधमा दुरुत्साहन गर्ने तथा राष्ट्र हित विपरीतको कुनै टिप्पणी गर्न वा लाइक गर्न नहुने विषय समेत आचारसंहितामा समेटिएको छ।

औपचारिक कार्यक्रम समयमै सुरु गर्न, अनौपचारिक कार्यक्रम सञ्चालन गर्दा आधा घण्टाभित्र उद्घाटन र समापन गरिसक्न, बैठकको समय १ घण्टा कायम गर्न, बोर्डमा आएका जुनसुकै फाइलको बारेमा तीन दिनभित्र निर्णय दिन र नसक्ने भए त्यसको कारण खुलाउन भनिएको छ।

यस्तै आचार संहिता पालन भएरनभएको अनुगमन नियमित रुपमा स्वास्थ्य बीमा बोर्डले गर्ने बताइएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group