ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी वेबसाइटमा ‘साइबर आक्रमण’, विदेशी भिजिटर गरियो ब्लक


एबीसी न्यूज
१६ पुस २०८०, सोमबार   १ : ४३   बजे

काठमाडौं १६ पौष । राष्ट्रिय सूचना प्रविधि केन्द्र ९एनआईटीसी०बाट सञ्चालित सरकारी वेबसाइट एवं वेब एप्लिकेसनहरूमा समस्या आएको छ ।

आइतबार दिउँसोदेखि नै सरकारी वेबसाइटहरू डाउन हुने क्रम चलेको थियो । आज ९सोमबार० वेबसाइटहरू डाउन भएर खुल्न समेत छोडेका छन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सिस्टममा ‘साइबर आक्रमण’ भएर समस्या आएको बताएको छ । केन्द्रका कम्प्युटर इञ्जिनियर अमन शर्माले सिस्टममा ठूलो मात्रामा ‘ट्राफिक ९भिजिटर०’ पठाउने काम भएको र त्यसैले डीएनएस सर्भरमा समस्या आएको बताए ।

“ठूलो संख्यामा भिजिटर पठाउँदा वेबसाइट डाउन हुन पुगेको हो, समस्या समाधानका लागि पहल भइरहेको छ । वेबसाइटहरू खुलिपनि रहेका छन् । साँझसम्म पूर्णरूपले समाधान हुन्छ,” बाह्रखरीसँग कुरा गर्दै उनले भने ।

सिस्टममा आक्रमण विदेशबाटै भइरहेको देखिएको उनले बताए । चीन, भारत, बंगलादेशमा पनि अहिले यस्तो आक्रमण भइरहेको उनको भनाइ छ ।

धेरै भिजिटर पठाएर सिस्टम डाउन गर्न खोजिएका कारण अहिले बाहिरबाट आउने भिजिटरलाई ब्लक गरिएको कम्प्युटर इञ्जिनियर शर्माले बताए ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रअन्तर्गत नै सरकारी एकीकृत डाटा सेन्टर ९जीआईडीसी० रहेको छ । त्यहाँबाट होस्टिङसहित सञ्चालनमा रहेका सरकारी वेबसाइटहरूमा पटक पटक समस्या आउने गरेको छ । सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई खारेज गरी सूचना तथा प्रविधि विभागअन्तर्गत नै गाँभ्ने निर्णय गरेको छ ।

सिस्टममा आएको समस्या समाधान गर्ने काम भइरहेको केन्द्रले जनाएको छ । अहिले सरकारी वेबसाइटहरु खुल्नरनखुल्ने समस्या भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu