ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृष्णगोपाल श्रेष्ठ- नैतिकताका आधारमा प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्छ


एबीसी न्यूज
१६ पुस २०८०, सोमबार   २ : ५३   बजे

काठमाडौं १६ पौष । एमाले सांसद कृष्णगोपाल श्रेष्ठले बालकुमारी घटनापछि प्रधानमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । अर्का सांसद रघुजी पन्तले सरकारको गल्तीबाट अनाहकमा युवाहरू मारिएको भन्दै बालकुमारी घटनामा सरकारले घोषणा गरेको क्षतिपूर्ति कम भएकाले बढाउनुपर्ने बताएका छन् । सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा बालकुमारी घटनाबारे भएको छलफलमा बोल्दै सांसद पन्तले एकपछि अर्को समस्या सरकारकै कारण थुप्रिरहेको बताए । उनले सरकारको सुशासनको नारा नारामै सीमित भएकाले बालकुमारी घटना हुन पुगेको बताए ।

‘सरकारले गरिरहेका कामको असन्तोष बालकुमारी घटनामा विस्फोट भएको हो । गृहमन्त्रीज्यू तपाईं राजीनामा दिनुहुन्छ हुन्न त्यो तपाईको कुरा भयो । त्यस कारण आयोग बनाएर र केही कर्मचारीलाई निलम्बन गरेर समाधान निस्कँदैन’, पन्तले भने, ‘यो घटना अरू जस्तो होइन । सरकारको गल्तीले मान्छे मरेका हुन् । त्यस कारण सरकारले दिने क्षतिपूर्तिको रकम बढाउनुस् र परिवारका सदस्यलाई रोजगारी दिनुस् ।’

सांसद कृष्णगोपाल श्रेष्ठले पुस १३ गत दुई जना युवाको हेर्दाहेर्दै जीवन गएको भन्दै त्यो सरकारबाट भएको हत्या भएकाले सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताए । ‘सरकार नै समग्रतामा नालायक, असफल र निकम्मा भएकाले वर्तमान सरकारका प्रधानमन्त्रीले नै नैतिकताका आधारमा राजीनामा दिँदा सबभन्दा राम्रो’, श्रेष्ठको भनाइ छ । उनले १३ गते मन्त्रीलाई त्यो ठाउँमा जानुहुन्न भन्ने थाहा नभएको हो रु भनेर प्रश्न गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu