ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरानका मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न पुगे दलहरू


एबीसी न्यूज
१७ पुस २०८०, मंगलबार   २ : ५५   बजे

 

काठमाडौं १७ पौष । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो हटाएपछि तनाव उत्पन्न भएको छ।  यही पुस १२ गते मेयर साम्पाङले संघीय सरकारले असहयोग गरेको भन्दै दुवैजनाको तस्बिर हटाइदिएका थिए।  त्यसको विरोध जनाउँदै धरानका पाँच दलले पाँच दिनभित्र राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर टाँस्न मेयरलाई अल्टिमेटम दिएका थिए।

तर उनले अटेरी गरेको भन्दै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका नेता कार्यकर्ताहरू मंगलबार राष्ट्रपति र प्रधानमन्त्रीको फोटो लिएर धरान उपमहानगरपालिकाको कार्यालयमा पुगेका छन्।

दलका कार्यकर्ताहरू फोटो लिएर आउनुअघि नै धरान उपमहानगरको मूलगेटमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

दलहरूले मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्ने घोषणा गरेपछि धरान उपमहानगरपालिका कार्यलयक्षेत्र तनावग्रस्त बनेको हो।

धरान उपमहानगरपालिकाको मुख्य द्वारमा सुरक्षाकर्मी राखेर कर्मचारीबाहेक अरुलाई प्रवेश गर्न दिइएको छैन।

मेयर साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किरात राजा यलम्बरको राखेपछि दलहरुले आपति जनाएका थिए।

नेपाली कांग्रेसका नेता श्याम पोखरेलले यलम्बर राजाको तस्बिर राख्दा आपत्ति नभएको बताए। तर राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाउनु जनमतको अपमान भएको उनले बताए।

‘सरकार प्रमुखले आफ्नोमर्यादा र भूमिका बिर्सिएर धरान उपमहानगरपालिकामा केही दिनअघि उनको कार्यालयमा राखिएको तस्बिर हटाएका थिए। त्यसको विरोधमा विज्ञप्तिमा पनि जारी गरेका थियौँ’, उनले भने, ‘यलम्बरको फोटोमा सम्मान छ तर अटेर गरेकाले ५र६ वटा दलका युवा तथा विद्यार्थीले अनुशासित भएर राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न गएका छौँ।’

उनले धरान उपमहानगरपालिका कसैलाई पाँच वर्षका लागि नबेचेको बताए। ‘प्रमुखको कार्यालयमा तस्बिर पुनस्स्थापित गर्न जाँदैछौँ। तर त्यहाँ प्रहरी तैनाथ छ। हामी द्वन्द्व सिर्जना गर्ने पक्षमा छैनौँ’, उनले भने।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu