काठमाडौ १७ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाने भएपछि रामेछापको सुनापति गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले आउँदो बिहीवार सार्वजनिक बिदा दिएको हो ।
गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्न प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड आउने भएकाले बिहीवार सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ । त्यस दिन गाउँपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्