काठमाडौ १७ पौष । रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको छ ।परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन नेपालीको मृत्यु भएको सूचना आफूहरुलाई प्राप्त भएको बताए ।मृत्यु हुने स्याङ्जाका हरिप्रसाद अर्याल,धार्दिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाहको रहेका छन् ।
योसँगै रुसी सेनामा भर्ना भइ मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ ।मृतको नाम ठेगाना केही बेरमा सार्वजनकि गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पुस ४ गतेसम्ममा ज्यान गुमाउने नेपालीको सङ्ख्या सात जना पुगेको जनाएको थियो ।
यसअघि ज्यान गुमाउनेमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल रहेका छन् ।







प्रतिक्रिया दिनुहोस्