ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेरामक्सदेखि अस्पतालको सामान खरिदमा कमिसनसम्मको कुरा गर्दै स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न तोसिमाको सुझाव


एबीसी न्यूज
१७ पुस २०८०, मंगलबार   ७ : ३४   बजे

काठमाडौ १७ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउनुपर्ने बताएकी छिन ।  हुँदै नभएको आधारभुत अस्पतालहरुको सामान खरिद प्रकरणमा करोडौंको कमिसनको चलखेल गरिरहेकाले मन्त्री बस्नेतलाई तत्काल पदबाट हटाउनुपर्ने उनको जिकिर थियो ।

मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले अस्पतालहरुमा आवश्यक दरबन्दी थप्न नचाहने, तर हुँदै नभएका अस्पतालहरुमा पनि उपकरण खरिदको नाममा सेटिङमा कमिसन खान खोज्ने मन्त्री बस्नेतलाई स्पष्टिकरण लिएर पदबाट हटाउनका लागि प्रधानमन्त्रीलाई सुझाव दिने काम गर्न पनि संसदीय समितिसँग माग गीरन।

सांसद कार्कीले २०७४ सालमा स्वास्थ्यमन्त्री हुँदा टेरामेक्स प्रविधि भित्र्याउने नाममा ३ अर्वसम्म भ्रष्टाचार गरेको अभियोगमा मुछिएका मन्त्री बस्नेतलाई किन सोही मन्त्री बनाएको भनि पटकपटक प्रश्न समेत गरिन । उनले कानुन विपरित कर्मचारीहरु हटाएर मन्त्री बस्नेतले वीर अस्पतालगायतका अस्पतालका विरामीहरुको उपचारमा समेत समस्या ल्याउने काम गरेको आरोप समेत लगाइन । सांसद कार्कीले वीर अस्पतालको बिरामीलाई निशुल्क दिइँदै आएको खाना र खाजा समेत कटौति गरेकाले मन्त्री बस्नेतले त्यो पदमा बसिरहन नमिल्ने बताइन।  उनले भनिन ,” वीर अस्पतालमा १३३ वर्षदेखि निःशुल्क रुपमा खाना, खाजा खुवाउने गरिएको थियो बिरामीहरुका लागि । यो सुविधा थियो । त्यो मात्रै होइन, बिरामीहरुलाई त्यहाँ अक्सिजन पनि निःशुल्क रुपमा दिइराखिएको थियो । त्यसको समेत पनि बजेट कटौति गरेर अहिले यस्तो अवस्थामा वीर अस्पताल पुग्योकि ग्यास कम्पनीले पत्र काटेर चेतावनी दिएको छ ग्यास सप्लाई बन्द गर्छौं भनेर ।  यो भयो भने दुर्घटना हुन्छ सभापतिज्यू ।”

उनले वीर अस्पतालका २२१ जना करारका कर्मचारीहरुलाई कुनै प्रक्रिया पनि पूरा नगरीकन ठाडो आदेशमा कामबाट हटाए । र, त्यसको एक महिनामा एक दिने सूचना जारी गरेर आफ्नै जिल्लाका मानिसहरुलाई भर्ती गर्नेगरी गुपचुप अन्तर्वार्ता लिएर कर्मचारी राख्ने काम गरिरहेको समाचार पनि आईरहेकामा त्यसको सत्यतथ्य छानबिन गर्नुपर्ने बताएकी छन

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group