काठमाडौं २ फागुन । एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता घोषणा गर्नका लागि दुवै दलका अध्यक्षको वार्ता जारी रहेको छ । ललितपुरको मानभवनमा व्यवसायी शारदा अधिकारीको घरमा भैरहेको छलफलमा अहिलेसम्म भएका सहमतिलाई लिपिवद्ध गर्ने, नयां सरकार गठन गर्न पूरा गर्नु पर्ने कानुनी प्रक्रिया मिलाउने लगाएतका एजेण्डा रहेका छन् ।
दुई अध्यक्षबीचको छलफल लगत्तै पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । संयोजन समितिको बैठकले एकताका सहमति लगायतका विषयलाई अन्तिम रुप दिने माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए ।
निर्वाचनपछि ओली र प्रचण्डबीच झण्डै दुई दर्जन पटक वान टु वान छलफल भएको छ । एकता संयोजन समितिमा दुवै दलका उच्च नेताहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्