ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा सदस्यका लागि माओवादीमा दुई सयको नाम सिफारिस


एबीसी न्यूज
१८ पुस २०८०, बुधबार   ३ : २९   बजे

काठमाडौं १८ पौष । राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउन नेकपा माओवादी केन्द्रमा करिब दुई सय जनाको नाम सिफारिस भएको छ । माओवादी केन्द्रीय कार्यालयका अनुसार सात प्रदेशसहित मोर्चाबाट समेत गरी करिब दुई सय जनाको नाम सिफारिस भएर आएको हो ।

माओवादीमा राष्ट्रियसभा सदस्यका लागि दुई सयको नाम सिफारिस

राष्ट्रिय सभामा रिक्त हुने २० सिटमध्ये १९ सिटमा निर्वाचन हुँदैछ । रिक्त हुने ती सिटमध्ये माओवादी केन्द्रका तीन सांसद छन् । सत्ता गठबन्धनमा कुन दलले कति सिट पाउने भनेर भागबण्डा भइसकेको छैन । भागबण्डा हुँदा माओवादीले पहिलेका तीनसहित बढीमा ६ सिट पाउने सम्भावना छ । तर प्रदेश कमिटीहरुबाट उम्मेदवार चयनका लागि करिब दुई सय जनाको नाम सिफारिस भएर आएको छ ।

‘चुनाव हारेका, समानुपातिक सूचीमा नाम भएका व्यक्तिहरु पनि सिफारिश भएका छन्, माओवादी कार्यालयका एक कर्मचारीले भने, ‘नाम सिफारिश नभएका नेताहरुले पनि मौखिक रुपमा हेडक्वाटरमा लबिङ गरिरहेका छन् ।’

कार्यालय स्रोतका अनुसार सिफारिस भएका पदाधिकारीहरुमा उपाध्यक्ष एबं पूर्वसभामुख अग्निप्रसाद सापकोटा, सचिवहरु लीलामणि पोखरेल, हितमान शाक्य, गणेश शाह, डिलाराम आचार्य र प्रवास समिति प्रमुख ओम शर्मालगायत छन् । उनीहरु आम निर्वाचनमा उम्मेद्वार भएका थिएनन् । गत साता केन्दीय पदाधिकारी बैठकले यसअघि अवसर नपाएकालाई प्राथमिकतामा राखेर सिफारिस गर्न निर्देशन दिएको थियो ।

गत आमनिर्वाचनमा चुनाव हारेका पदाधिकारीहरु उपाध्यक्ष पम्फा भुसाल, महासचिब देव गुरुङ, उपमहासचिबद्वय मात्रिका प्रसाद यादब, गिरिराजमणि पोख्रेलले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताइसकेका छन् ।

माओवादी केन्द्रीय कार्यालयका प्रमुख सचिब श्रीराम ढकालले नयाँ र अवसर नपाएका योग्य नेताहरुलाई अवसर दिने पार्टीको नीति भएको बताए । ‘धेरै जनाको सिफारिस भए पनि योग्य, यसअघि अवसर नपाएका नेतालाई क्लस्टर अनुसार राष्ट्रियसभामा मौका दिने पार्टीको नीति छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group