ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यौन सम्वन्ध राखेवापत श्रीमतीका प्रेमीसँग २ कठ्ठा जग्गा माग, नदिएपछि छातीमा गोली


एबीसी न्यूज
१८ पुस २०८०, बुधबार   ५ : ५७   बजे

काठमाडौं, १८ पुस ।  अर्काको श्रीमतीसँग यौन सम्वन्ध राखेको मुल्य चुकाउन नसक्दा दाङको घोराही उपमहानगरपालिका ६, अघराका ४५ वर्षीय शिवराज केसीको हत्या भएको खुलेको छ।

शिवराजको हत्या उनकै प्रेमीकाका पति शेरबहादुरले गरेको प्रहरीको अनुशन्धानबाट खुलेको हो। उनको शव शुक्रबार बंगलाचुली गाउँपालिका ४ गदारी जंगलको कोइला खानीमा फेला परेको थियो। उनको छातीमा भरूवा बन्दुकको गोली दागिएको छ।

शिवराजको हत्यामा संलग्न रहेको आशंकामा बंगलाचुली गाउँपालिका ४ गदारीका ४३ वर्षीय शेरबहादुर कुँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा र दीपाका भाइ २९ वर्षीय तिलक पुनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको थियो।

प्रहरीले आज पत्रकार सम्मेलन गरी शेरबहादुरकी श्रीमती दिपा र हत्या गरिएका शिवराज विगत केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको र उनीहरूको प्रेमका बारेमा शेरबहादुर जानकार रहेको जानकारी दिएको छ।

त्यसको वदलामा शेरबहादुरले श्रीमतीलाई प्रयोग गरेर शिवराजसँग २ कठ्ठा जग्गा मागेका थिए। शेरबहादुर र दीपाको योजना अनुसार ८ पुसमा शिवराजलाई कोइलाखानी बोलाइएको थियो। प्रेमीका भेट्न कोइलाखानी पुगेका शिवराजलाई सुरूङभित्र लगेर बन्धक बनाइ दुई कठ्ठा जग्गा दिन दबाब दिइएको खुलेको दाङ प्रहरीका एसपी रामबहादुर केसीले बताए।

‘श्रीमान श्रीमती दुवैले कि दुई कठ्ठा जग्गा दे । नत्र गोली हानेर मार्छौ भनेका रहेछन’, केसीले भने, ‘शिवराजले जग्गा दिन अस्वीकार गरेपछि छातीमा गोली हानेर हत्या गरिएको रहेछ।’ शिवराजको हत्यामा प्रयोग गरिएको अवैद्य भरूवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ।

शिवराजको हत्यापछि शेरबहादुर र दीपा दुवै भारतको नयाँ दिल्ली पुगेका थिए। भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरी नेपाल ल्याईएको हो। उनीहरुकै बयानको आधारमा व्यक्ति हत्यामा प्रयोग गरिएको बन्दुक र त्यसमा लाग्ने गोलीका खोका प्रहरीले बरामद गरेको हो।

घोराही ६ अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका शिवराज ८ पुसमा ‘घोराही बजार जान्छु’ भनेर निस्किएका थिए। उनी सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो। प्रहरीले उनको मोवाईलको अन्तिम लोकेशन पत्ता लगाउँदै जाँदा कैलाखानीको सुरुङभित्र शव फेला पारेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group