ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसपीको बढुवा अन्योलमै संवेदनशील घडीमा ललितपुर प्रहरी प्रमुखविहीन


एबीसी न्यूज
१९ पुस २०८०, बिहिबार   १ : ५७   बजे

काठमाडौं १९ पौष । जिल्ला प्रहरी परिसर ललितपुर एक सातादेखि नेतृत्वविहीन छ । गएको शनिबार ललितपुर प्रहरी प्रमुख एवं एसएसपी शिद्धिविक्रम शाहलाई गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा तानेको थियो ।

हाल ललितपुर प्रहरीको ‘कमान्ड’ एसपी नवराज कार्कीले गरेका छन् । ललितपुर जिल्ला संवेदनशील अवस्थाबाट गुज्रिएका बेला मन्त्रालयले प्रहरीलाई नेतृत्वविहीन बनाएको हो ।

गएको शुक्रबार ललितपुरको बालकुमारीस्थित रोजगार अनुमति प्रणाली ९ईपीएस० शाखामा कोरिया भाषा परीक्षाको फाराम भर्न पुगेका युवाको समूहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडी जलाएका थिए । युवाले सो गाडी नै कब्जामा लिएर तोडफोड र आगजनी गरेका थिए । सुरक्षाका निम्ति खटिएको ललितपुर प्रहरी टोलीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो । घटनापछि गृहले एसएसपी शाहलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता गरेको हो । फिल्ड कमान्डर एवं ललितपुरमै कार्यरत डीएसपी उमेश लम्साल र मन्त्रीका पीएसओ बोधराज दनुवारलाई निलम्बन गरिएको छ ।

लम्सालको ठाउँमा प्रहरी प्रधान कार्यालयले अर्का डीएसपी सुधीर राईलाई पठाइसकेको छ । गृहले एसएसपी भने अझै पठाएको छैन ।

प्रहरी उपरीक्षक एसपी०भन्दा माथिका अधिकारीको सरुवा–बढुवाको अधिकार गृह मन्त्रालयसँग हुन्छ । ललितपुर प्रहरी प्रमुखका निम्ति प्रहरी महानिरीक्षक आईजीपी०को सचिवालयले तीन एसएसपीको नाम गृहमा पठाएको प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ ।

प्रहरी उच्च अधिकारीका अनुसार, एसएसपी निदेश आचार्य, राजेन्द्र भट्ट र ओम रानाको नाम मन्त्रालयमा पठाइएको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, तीनबाहेक उनीहरूभन्दा जुनियर एसएसपीले समेत ललितपुर जान राजनीतिक पहुँचका भरमा शक्तिकेन्द्रमार्फत दबाब दिन थालेपछि गृहमन्त्री नारायणयकाजी श्रेष्ठ सकसमा परेका छन् ।

एसएसपीहरू विश्व अधिकारी, शेखर खनाल, ओमप्रसाद अधिकारी पनि ललितपुर जान ‘लबिइङ’मा लागेका छन् । मुकुन्द मरासिनी, रेवती ढकाल, दीपक रेग्मी, सानुराम भट्टराई, प्रविण पोखरेल समेत ललितपुर जान शक्तिकेन्द्रको दौडधुपमा लागेका हुन् ।

प्रहरी संगठनमा एसएसपी प्रमुख रहने कार्यालय कम हुँदा उनीहरू तीव्र दौडधुपमा लाग्ने गरेका छन् । एसएसपीको सरुवा मन्त्रालयबाट हुने भएकाले आफूलाई यसबारे कुनै जानकारी नहुने नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी कुबेर कडायतले बताए ।

ललितपुर घटनाबारे सरकारले छुट्टै आयोग बनाएर अनुसन्धान थालेको छ । तर, संवेदनशील घडीमै ललितपुर प्रहरी नेतृत्वविहीन बनाइएको छ ।

एसपीको बढुवा अन्योलमा
प्रहरी प्रधान कार्यालयलाई प्रहरी उपरीक्षक ९एसपी०को बढुवामा समेत सकस परेको छ । एसपीका सात रिक्त पदका निम्ति १२ प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रतिस्पर्धामा छन् ।

सोही कारण एसपीको पद रिक्त भएको लामो समयसम्म प्रहरी प्रधान कार्यालयले बढुवा सूची निकाल्न सकेको छैन । हाल बढुवाको प्रतिस्पर्धामा रहेका १२ डीएसपी एकसाथ ०६१ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका अधिकारी हुन् ।

उनीहरू ०७२ साउन १ गते डीएसपीमा बढुवा भएका थिए । उनीहरूसँगैका केही डीएसपी भने गएको वैशाखमै बढुवा भइसकेका छन् । यो ब्याचका डीएसपी चार चरणमा बढुवा भएर एसपी बन्नेछन् ।

गएको मंसिर ५ गते पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०मा बढुवा भएका थिए । त्यससँगै एसपीतर्फ रिक्त दरबन्दीको संख्या सात पुगेको हो ।

त्यसअघि, एसपीतर्फ दुई दरबन्दी रिक्त थियो । प्रहरी प्रधान कार्यालयले सकेसम्म प्राविधिकतर्फका दुई दरबन्दी समेत साधारण समूहतर्फ समायोजन गरेर नौजनालाई बढुवा गर्ने तयारी गरेको छ ।

१२ जनामध्ये हाल बढुवाको पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन् । त्यसपछि क्रमशः अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जन दत्त भट्ट छन् ।

यस्तै, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे एसपीको प्रतिस्पर्धामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu