ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केएमसीका आवासीय चिकित्सक सडकमा


एबीसी न्यूज
१९ पुस २०८०, बिहिबार   २ : २८   बजे

काठमाडौं १९ पौष । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसीका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।

काठमाडौं विश्वविद्यालय केयूले आवासीय चिकित्सक डा। विशद दाहालको निलम्बन स्थगन गरेपनि केएमसीले डा। दाहाललाई कलेज प्रवेशमा अझै रोक लगाएको छ ।

डा। दाहाललाई कलेज प्रवेश गर्न नदिन कलेज प्रशासनले आफ्ना सुरक्षागार्ड गेटमा तैनाथ राखेको छ ।

आवासीय चिकित्सकहरु डा। दाहाललाई एक महिनासम्म गरेको निलम्बन फुकुवाको माग र करिकुलमभन्दा बाहिरी काममा नलगाउन माग राख्दै अस्पताल परिसरमा धर्ना दिंदै आइरहेका छन् ।

‘आज पनि हामी कलेज गेटमा छौं । तर कलेज प्रशासनले सुरक्षाकर्मी खटाएर प्रवेश गर्न दिएको छैन,’ डा। दाहालले भने ।

केयुका डीन डा। मनोज हुमागाईँले मंगलबार नै डा। दाहालको निलम्बन स्थगनको पत्र केएमसी प्रशासनलाई पठाए पनि कलेज प्रशासनले अटेर गरिरहेको छ ।

कलेज प्रशासनले एक विज्ञप्तिमार्फत डा। दाहाललाई एक महिनाका लागि निलम्बन गरेको जनाएको थियो । तर केयुले भने डा। दाहालको निलम्बन स्थगन गर्दै ३ दिनभित्रमा कलेजको राय पेश गर्न भन्दै पत्रचार गरेको थियो ।

उक्त राय प्राप्त भएपछि निलम्बन कार्यान्वयन गर्नुपर्ने वा नपर्ने निर्णय लिन उपयुक्त हुने भन्दै केयूले हाललाई डा। दाहाललाई निलम्बन स्थगित गर्न भनेको छ ।

दाहाललाई निलम्बन गर्दा स्पष्टीकरणको मौका दिइएको हो कि होइन, सम्बन्धित प्रिसेप्टरबाट निलम्बन गर्नुपर्ने आधारसहितको लिखित राय पेश भएको छ वा छैन भनी केयूले जवाफ मागेको छ ।

केएमसी ले स्वास्थ्य शिविरका नाममा अन्याय गरेको भन्दै दाहालले आवाज उठाइरहेका थिए ।

‘प्रश्न गरेको आधारमा स्पष्टीकरण नसोधी मलाई कारबाही गरियो, अहिले केयूको निर्देशन अटेर गरेर कलेज प्रवेशमा रोक लगाइएको छ । यो त सरासर अन्याय हो,’ डा। दाहालले भने ।

कलेज प्रशासनको विरुद्धमा काम गरेको भन्दै काठमाडौं मेडिकल कलेजले एक विज्ञप्ति जारी गर्दै १२ पुसदेखि लागू हुने गरी पीजी कार्यक्रमका कुनै पनि गतिविधिहरुमा सहभागी हुन नपाउने गरी दाहाललाई एक महिना निलम्बन निर्णय गरेको थियो ।

काठमाडौं मेडिकल कलेज

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu