ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिएसपी सुधीर राईको ललितपुर परिसरमा सरूवा


एबीसी न्यूज
१९ पुस २०८०, बिहिबार   ३ : २१   बजे

काठमाडौं, १९ पुस ।  डिएसपी सुधीर राईको जिल्ला प्रहरी परिसर ललितपुरमा सरूवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले राईलाई ललितपुर पठाएको हो। उनलाई जिल्लाको अपरेसन कमान्डर को जिम्मेवारी दिइएको छ। गत शुक्रबार बालकुमारीस्थित इपिएस कोरिया शाखामा भाषा परीक्षाका लागि आवेदन दिन पुगेकाहरू र प्रहरीबीच झडप भएको थियो।

दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। दुई युवाको मृत्यु भएपछि ललितपुरमा रहेका अपरेसन कमान्डर डिएसपी उमेश लम्साल निलम्बित भएका थिए। गोली चलाउन निर्देशन दिएको भन्दै उनलाई निलम्बन गरिएको थियो। लम्सालको ठाउँमा राईलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी सहायक निरीक्षक (असई) बोधराज दनुवारलाई पनि निलम्बन गरिएको थियो।

ललितपुर परिसरका प्रमुख रहेका एसएसपी शिद्धिबिक्रम शाहलाई पनि प्रहरी प्रधान कार्यालयमा तानिएको थियो। ललितपुर परिसर प्रमुखमा कसलाई पठाउने निर्णय भइसकेको छैन। ललितपुर परिसरमा एसपी भने नवराज कार्की छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu