ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अक्सिजन खरिदसहित तीन शीर्षकमा वीर अस्पतालले पायो साढे चार करोड


एबीसी न्यूज
२० पुस २०८०, शुक्रबार   १ : १८   बजे

काठमाडौं २० पौष ।  वीर अस्पतालमा अक्सिजन आयात रोकिने अवस्था आएसँगै अर्थ मन्त्रालयले साढे चार करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । अक्सिजन, अत्यावश्यक औषधि र बिरामीकोे खानालाई निरन्तरता दिन साढे चार करोड रुपैयाँ बजेट प्राप्त भएको अस्पतालका निर्देशक डा। सन्तोष पौडेलले बताए ।

“अहिलेलाई तीनवटा शीर्षकमा खर्च गर्न चार करोड ५० लाख रुपैयाँ प्राप्त भएको छ,” निर्देशक पौडेलले भने, “अस्पतालको दैनिक आवश्यकीय सामग्री, ल्याबको रिएजेन्टलगायत सामग्रीको भने समस्या नै छ ।”

केही दिनअघि मात्रै लिक्विड अक्सिजन आयातकर्ता शंकर अक्सिजन ग्यास प्रालिले झन्डै दुई करोड रुपैयाँ बक्यौता रहेको भन्दै वीरलाई ग्यास आपूर्ति रोक्ने चेतावनी दिएको थियो ।

त्यस्तै, वीरले बिरामीलाई खुवाउने खाना शीर्षकको एक करोड ६७ लाख रुपैयाँ बजेट पनि चालु आर्थिक वर्षदेखि कटौती गरिएको थियो ।

अस्पताल कर्मचारीको आग्रहमा हाल अक्सिजन आयात र खाना दुवै भने रोकिएको छैन । वीरमा दुईवटा लिक्विड र एक ड्राइसहित तीनवटा अक्सिजन प्लान्ट छन् ।

हाल ड्राइ अक्स्जिन प्लान्ट बिग्रिएपछि लिक्विड अक्सिजनको खपत थप बढेको थियो । लिक्विड अक्सिजन आयातमा मात्रै दैनिक एक लाखभन्दा बढी खर्च हुने अस्पतालका कर्मचारी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group