काठमाडौ २२ पौष । हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भैरहेकाले विभिन्न ठाउँको तापक्रम घट्दो छ । काठमाण्डौ उपत्यका र अरु ठाउँमा पनि चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ७, जिरीको माइनस शून्य दशमलव २ र जोमसोमको न्यूनतम तापक्रममा माइनस ५ दशमलव ५ डिग्री सेल्सियससम्म मापन भएको छ ।
ती ठाउँको तापक्रम अझै केही दिन शून्यभन्दा पनि तल रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज काठमाण्डौको न्यूनतम तापक्रम चार दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा आज पनि हिमपातको सम्भावना छ ।तराई मधेसका जिल्लामा बाक्लो हुस्सु कुहिरो लागेको छ ।


















प्रतिक्रिया दिनुहोस्