काठमाडौं, २२ पुस । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको बैठक बोलाएको छ।
राष्ट्रिय सभाको उम्मेदवार टुंग्याउन अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए।
आइतबार बिहान सत्ता गठबन्धनबीच उम्मेदवारी बाँडफाँट टुंगिएको थियो। माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको १९ स्थानमध्ये माओवादी केन्द्रले ६ सिट पाउने सहमति भएको छ।
६ जना उम्मेदवारको टुंगो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका हुन्।







प्रतिक्रिया दिनुहोस्