ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी नेपाल–भारत संयुक्त बैठक सम्पन्न


एबीसी न्यूज
२२ पुस २०८०, आइतबार   ३ : १९   बजे

काठमाडौं, २२ पुस । काठमाडौं । ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त सञ्चालक समितिको ११ औँ बैठक सम्पन्न भएको छ । भारत सरकार ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको सह–अध्यक्षतामा सो बैठक सम्पन्न भएको हो ।

बैठक मिति २०८० पौष १९ गते भारत र नेपालबिच दीर्घकालीन ऊर्जा व्यापार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि बसेको हो । यसअघि मिति २०८० पौष १८ गते भारत सरकार ऊर्जा मन्त्रालयका सहसचिव डा। डी साई बाबा र नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव श्री नवीन राज सिंहको सह अध्यक्षतामा ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी ११ औँ संयुक्त कार्यदलको बैठक काठमाडौंमा सम्पन्न भएको थियो ।

बैठकहरूमा ऊर्जा व्यापार, जलविद्युत परियोजना र प्रसारण लाइनको कार्यान्वयन, नेपाल र भारतबिचको द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्य लगायतका विषयमा विस्तृत समीक्षा भएको थियो । संयुक्त प्राविधिक टोली ९जेटीटी० लगायत विभिन्न द्विपक्षीय समितिमा भएका प्रगतिबारे पनि छलफल गरिएको थियो ।

बैठकमा १३२ केभी र मुनिका प्रसारण लाइनमार्फत हुने अन्तरदेशीय ऊर्जा व्यापारका मोडालिटीलाई स्वीकृत गरिएको छ । भारतका विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीले मिति २०८० पौष १९ गते विशेष महत्व रहेका तीन वटा नयाँ १३२ केभी प्रसारण लाइनको उद्घाटन गरेका थिए ।

जसमा रक्सौल (बिहार, भारत)–परवानीपुर (नेपाल) को दोस्रो सर्किट, कटैया (बिहार, भारत)–कुशाहा (नेपाल) को दोस्रो सर्किट र नयाँ नौतनवा (उत्तर प्रदेश, भारत) –मैनहिया (नेपाल) रहेका छन् ।

करिब २०० मेगावाट प्रसारण क्षमता थप्ने यी प्रसारण लाइनले भारत र नेपालबिचको समग्र प्रसारण क्षमता १४०० मेगावाट पुर्‍याउने बताइएको छ । त्यस्तै, नयाँ नौतनवा –मैनहिया प्रसारण लाइन नेपाल र भारतको उत्तर प्रदेशबीचको पहिलो प्रसारण लाइन रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सन् २०२२ अप्रिलमा भएको भारत भ्रमणको दौरान जारी गरिएको भारत–नेपाल संयुक्त दृष्टिकोण पत्रमा प्रगति हासिल गर्दै दुवै पक्ष संयुक्त जलविकास समितिको पहिलो बैठक छिट्टै बोलाउन सहमत भएका छन् ।

संयुक्त सञ्चालक समितिको बैठक हुनु अघि भारतका ऊर्जा सचिव पंकज अग्रवालले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतसँग भेटवार्ता गरेका थिए ।

दुवै पक्षले यस विषयमा छलफल जारी राख्न सहमति जनाउँदै भारतीय पक्षले आयोजना गर्ने संयुक्त कार्यदल संयुक्त सञ्चालक समिति बैठकको अर्को सत्रको लागि सार्दै चाँडै भेट्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group