काठमाडौं २२ पौष । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सुरु भएको छ । राष्ट्रियसभा सदस्यको उमेदवार, भागबन्डालगायत विषयमा बैठकमा छलफल गरिनेछ ।
नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा सो समूहका प्रभावशाली नेताहरू जम्मा भएका हुन् । छलफलमा कोइरालासहित कांग्रेस महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, केन्द्रीय सदस्य अर्जुनरसिंह केसीलगायत नेता सहभागी छन् ।
केही बेरअघि शेखर–गगनले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । छलफलमा देउवाले सो समूहलाई राष्ट्रियसभामा तीन सिटसम्म भाग लगाउन सकिने बताएका थिए ।
तर, नेता कोइरालाले हारेका मान्छे स्वीकार नगर्ने र चार सिट आफूहरूलाई चाहिने भनेपछि सहमति हुन सकेन । त्यसपछि कोइराला र थापा बैठकबाट निस्केर हिँडेका थिए । उनीहरू समूहको छलफलमा जुटेका हुन् ।
देउवाले तीन सिट दिने भनेपछि धुम्बाराहीबाट निस्किए शेखर–गगन, ‘बटमलाइन’ चार
आउँदो माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । त्यसका निम्ति सोमबार भोलि० भोलि उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।
सत्ता गठबन्धनमा आबद्ध दलबीच राष्ट्रियसभामा रिक्त हुन लागेका सिटमा भागबन्डा गरिएको छ । भागबन्डाअनुसार नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी०ले दुई र जनता समाजवादी पार्टी जसपाले एक सिट पाउने उनीहरूबीच सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस्