काठमाडौं २२ पौष । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक फेरि बस्ने भएको छ । अबको करिब एक घण्टापछि गठबन्धनको बैठक बस्न लागेको सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।
पार्टीको पदाधिकारी बैठकबाट राष्ट्रियसभा सदस्य उमेदवारको नाम टुंगो लगाउने अन्तिम चरणमा रहेको पनि उनले बताए ।
“हामीले पार्टीको तर्फबाट उमेदवारको नाम अन्तिम चरणमा पुर्याएका छौँ,” उनले भने, “क्लष्टर मिलाउँदा नाम फेरिन पनि सक्छ । अब एक घण्टाजतिमा गठबन्धन बैठक बस्छ । त्यसपछि टुंगो हुन्छ ।”
सत्ता गठबन्धनको बैठक आजै बिहान पनि बसेको थियो । सो छलफलबाट गठबन्धनमा आबद्ध दलबीच राष्ट्रियसभामा रिक्त हुन लागेका सिटमा भागबन्डा गरिएको छ । भागबन्डाअनुसार नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी०ले दुई र जनता समाजवादी पार्टी जसपा०ले एक सिट पाउने उनीहरूबीच सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस्