काठमाडौं २२ पौष । नेकपा एमालेले आफ्नो तर्फबाट राष्ट्रियसभा सदस्यको उमेदवार छानेको छ । महासचिव शंकर पोखरलले विज्ञप्ति जारी गरी उमेदवार छानिएको जानकारी गराएका छन् ।
कोसी प्रदेशमा महिलातर्फ रुक्मिणी कोइराला सुनसरी र अन्यतर्फ पर्शुराम अधिकारी भोजपुर०लाई उमेदवार बनाइएको छ ।
मधेस प्रदेशमा महिलातर्फ उषादेवी थरुनी पर्सा० र अन्यतर्फ डा। अर्जुनकुमार सिंह राजपुत महोत्तरी०लाई एमालेले उमेदवार बनाएको छ ।
वाग्मती प्रदेशमा महिलातर्फ रोचकुमारी चौलागाईं दोलखा०, अन्यतर्फ त्रिलोचन निर्मल पौडेल चितवन०, अपांगतारअल्पसंख्यकतर्फ विवेक देवकोटा काठमाडौं० र दलिततर्फ ध्रुवराज विश्वकर्मा धादिङ०लाई उमेदवार बनाइएको विज्ञप्तिमा उल्लेख छ ।
गण्डकी प्रदेशमा महिलातर्फ सम्झना देवकोटा गोरखा०, अन्यतर्फ चक्रबहादुर पराजुली स्याङ्जा० र अपांगतारअल्पसंख्यकतर्फ हेमचन्द्र शेरचन मुस्ताङ०लाई उमेदवार बनाइएको छ ।
लुम्बिनी प्रदेशमा महिलातर्फ तुलसाकुमारी केसी दाङ० र अन्यतर्फ झपेन्द्रबहादुर घर्तीक्षेत्री पाल्पा०लाई उमेदवार बनाउने निणएय गरिएको छ ।
कर्णाली प्रदेशमा महिलातर्फ विमलाकुमारी शाही हुम्ला०, अन्यतर्फ डिल्लीप्रसाद भट्ट मुगु० र दलिततर्फ हिक्मत विक दैलेख०लाई उमेदवार बनाइएको छ ।
सुदूरपश्चिम प्रदेशमा महिलातर्फ सावित्रादेवी घिमिरे कैलाली०, अन्यतर्फ ईश्वरीप्रसाद खरेल कञ्चनपुर० र अपांगतारअल्पसंख्यकतर्फ रामचन्द्र जोशी कैलाली०लाई उमेदवार चयन गरिएको पोखरेलले जानकारी दिए ।
एमालेले सत्ता गठबन्धनसँग सहकार्य गर्ने विषयमा कुरा नमिलेपछि एक्लै १९ वटै पदमा उमेदवार तय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्