ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जयशंकर साहको मृत्यु घटनाबारे आयोगले थाल्यो अनुगमन


एबीसी न्यूज
२२ पुस २०८०, आइतबार   ५ : ००   बजे

काठमाडौं २२ पौष । राष्ट्रिय मानव अधिकार आयोगले सर्लाहीको बरहथवामा जयशंकर साहको मृत्यु भएको घटनाको अनुगमन थालेको छ । आयोगले वार्ता र संवादकै माध्यमबाट समस्याको समाधान खोज्नसमेत सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

सर्लाहीको बरहथवामा स्वास्थ केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शन र विवादका क्रममा जयशंकर साहको मृत्यु भएको भएको थियो । घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको आयोजले जनाएको छ ।

घटनाको आयोगको जनकपुरस्थित मधेस प्रदेश कार्यालयले अनुगमन गरिरहेको छ ।

मृतकका परिवार तथा सर्वसाधारणबाट न्यायको माग गर्दै प्रदर्शन गर्ने क्रम जारी रहेको छ । शान्ति सुरक्षाको स्थितिलाई खलबलिन नदिन स्थानीय प्रशासनले बरहथवा क्षेत्रमा पटकपटक कर्फ्यू आदेश जारी गर्दै आएको छ ।

“मृतकको शव अझै पनि सडकमै रहेको आयोगको प्रारम्भिक अनुगमनबाट पाइएको छ । घटनाको अनुगमनका लागि आयोगको टोली घटनास्थलमै रहेको छ,” आयोगद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले समेत सो विषयमा अनुसन्धान गर्न अनुसन्धान टोली गठन गरेको जानकारी प्राप्त भएको आयोगले बताएको छ ।

“उक्त घटनाको निष्पक्ष र स्वतन्त्ररूपमा अनुसन्धान गरी घटनाका दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन, मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न, भविष्यमा यसप्रकारका घटना नदोहोरिने सुनिश्चितता गर्न र संयमता अपनाई शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन आयोग नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई आग्रह गर्दछ,” आयोगले भनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu