ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनाव हारेका र लाभको पद पाएकालाई उमेदवार नबनाउन माग


एबीसी न्यूज
२२ पुस २०८०, आइतबार   ५ : १२   बजे

काठमाडौं २२ पौष । सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा नेताहरूले राष्ट्रियसभा सदस्य उमेदवारको मापदण्ड बनाउन माग गरेका छन् । आइतबार पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा निर्वाचन हारेका र लाभको पदमा पुगेका व्यक्ति उमेदवार बन्न नपाउने गरी मापदण्ड बनाउनुपर्नेमा जोड दिइएको हो ।

“चुनाव हारेका र पटक–पटक लाभको पदमा पुगेका व्यक्तिहरूलाई उमेदवार नबनाऔँ, उमेदवारको मापदण्ड तोकेर जाऔंँ भन्ने कुरा उठेको हो । तर, उमेदवारबारे निर्णय गर्ने अधिकार तीन नेतालाई नै दिइएको छ,” उपाध्यक्ष केशवलाल श्रेष्ठले  भने ।

एकीकृत समाजवादीमा उमेदवार छान्ने जिम्मा तीन नेतालाई  राष्ट्रियसभामा रिक्त हुन लागेका मध्ये एकीकृत समाजवादीले दुई सिट पाउने सहमति सत्ता गठबन्धनमा आबद्ध दलबीच भएको छ । गठबन्धनभित्र क्लष्टरको टुंगो नलाग्दा एकीकृत समाजवादीका तर्फबाट उमेदवार भने तय गरिएको छैन ।

पार्टीका तर्फबाट उमेदवारको टुंगो लगाउने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाल, उपाध्क्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिइएको छ । उमेदवारबारे आजै साँझसम्म टुंगो लगाउने तयारी छ ।

स्रोतका अनुसार, नेताहरू केशवलाल श्रेष्ठ, प्रमेश हमाल, गंगालाल तुलाधर, विजय पौडेल, घनेन्द्र बस्नेत, दिलु पन्तलगायत नाम छलफलका क्रममा प्रस्ताव गरिएको छ । तर, गठबन्धनमा प्रदेश र क्लष्टर टुंगिएपछि सोही आधारमा निर्णय गरिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group