ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धितोपत्र बोर्ड अध्यक्षमा ८ जना आकांक्षी, आफूअनुकूलको ल्याउन व्यवसायी पनि सक्रिय


एबीसी न्यूज
२२ पुस २०८०, आइतबार   ५ : ३१   बजे

काठमाडौं २२ पौष । रमेशकुमार हमाल धितोपत्र बोर्डको अध्यक्षबाट बाहिरिएसँगै नयाँ अध्यक्षको दौडधूप सुरु भएको छ। २१ महिने कार्यकाल सकेर गत शुक्रबार हमाल बाहिरिएपछि बोर्ड नेतृत्वको पद खाली छ।

तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सर्वोत्तम सिमेन्ट प्रकरणमा सरकारले बर्खास्त गरेपछि हमाल अध्यक्ष भएका थिए। उनले पदमा दोहोरिन चाहे पनि त्यसको सम्भावना नदेखिएको स्रोतको दाबी छ।

‘हमालले अर्थमन्त्री र प्रधानमन्त्रीसमक्ष आफूलाई बोर्डको अध्यक्षमै दोहोर्‍याइदिन पत्राचार गरेका थिए’, स्रोतले नेपालखबरसँग भन्यो, ‘उनलाई नै दोहोर्‍याउने गरी स्वीकृति दिइएको छैन।’

२०७६ पुस २१ गते सरकारले ढुंगानालाई नियुक्त गरेको थियो। चार वर्षे कार्यकाल नसकिँदै ढुंगाना बर्खास्तगीमा परेपछि बाँकी कार्यकालका लागि हमाललाई नियुक्त गरिएको थियो।

त्योसँगै २०७८ फागुन ५ गते पदभार ग्रहण गरेका हमाल २०८० पुस २० गते बोर्ड अध्यक्षबाट विदा भएका हुन्।

नयाँ अध्यक्षको खोजी सुरु, को–को आकांक्षी
योसँगै अब बोर्डमा नयाँ अध्यक्षको खोजी सुरु भइसकेको छ भने सम्भावित आकांक्षीहरुले राजनीतिक र व्यावसायिक सक्रियता तीव्र पारेका छन्।

स्रोतका अनुसार अब अध्यक्ष बन्ने दौडमा बोर्डकै कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ, कार्यकारीहरु डा। नबराज अधिकारी र कृष्ण पोखरेलको सम्भावना देखिएको छ।

उनीहरुबाहेक नेप्सेका पूर्वसीईओ चन्द्रसिंह साउद र तत्कालीन बीमा समिति ९हाल बीमा प्राधिकरण०का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँले समेत तयारी गरेका छन्।

यता बोर्डकै पूर्वकार्यकारी अधिकृत निरज गिरी, नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठ र चिन्तामणि शिवाकोटीले पनि बोर्ड अध्यक्ष बन्न दौडधूप थालिसकेका छन्।

खासगरी बोर्डमा हमालले अघि बढाएका नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज ल्याउने विषय विवादित बनिरहेको छ। स्टकको लाइसेन्सको लागि आवेदन दिने तीनवटै कम्पनीमा ठूला व्यापारी छन्।

नयाँ स्टकको आवेदन दिनेमा हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्ज छन्। उनीहरुले लाइसेन्स हात पार्न ठूलो मिहिनेत गरे पनि टुंगो लाग्नसकेको छैन।

अहिले ती तीनवटै समूह नयाँ स्टकको लाइसेन्स हात पार्न आफूअनुकूल अध्यक्ष बोर्डमा ल्याउन लागिरहेका छन्।

हिमालयन स्टक एक्सचेञ्जका लागि आवेदन दिएको समूहले मुक्ति श्रेष्ठ, निरज गिरी र चिन्तामणि शिवाकोटीमध्ये एक जनालाई अध्यक्ष बनाउने प्रयास गरिरहेको स्रोतको भनाइ छ।

त्यसैगरी नेशनल स्टक एक्सचेञ्जको लाइसेन्सका लागि प्रयास गरिरहेको समूहले भने चिरञ्जीवी चापागाईँ वा डा। नबराज अधिकारीको नाम अघि सारेको छ। तर अन्नपूर्ण स्टकका व्यवसायीले भने कसलाई समर्थन गर्ने खुल्न सकेको छैन।

जो छन् नयाँ स्टक लाइसेन्सको हाडबाजीमा
नयाँ स्टकको लाइसेन्स लिन व्यवसायीहरु एकठ्ठा भएका छन्। आवेदन दिएका तीन कम्पनीमा उनीहरु बाँडिएका छन्।

तीनमध्ये हिमालयन स्टक एक्सचेन्जको मुख्य लगानीकर्ताहरू शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट प्रमुख सेयरधनी छन्।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरू शेखर गोल्छा, पशुपति मुरारका र भवानी राणा, परिसंघका पूर्वअध्यक्ष तथा लक्की ग्रुपका प्रमुख सतिश मोर, ज्योति ग्रुपका सौरभ ज्योति र नेपालका लागि मित्सुबिसी कम्पनीको आधिकारिक बिक्रेता आशिष श्रेष्ठ, शिवम् सिमेन्टका सञ्चालक तथा साओमी मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता रोहित गुप्ता, मेरिएट होटलका सञ्चालक शशिकान्त अग्रवाललगायत लगानीकर्ता छन्। उक्त कम्पनीमा विवेक दुगड र राजेन्द्र खेतानले पनि लगानी गरेका छन्।

यता नेसनल स्टक एक्सचेन्जका मुख्य लगानीकर्तामा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको लगानी छ।

त्यसैगरी रविजंग लामिछाने पनि यसका सेयर लगानीकर्ता छन्। साथै, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको यसमा मुख्य लगानी छ।

त्यसैगरी अन्नपूर्ण स्टक एक्सचेन्जका लगानीकर्ताहरूमा रामेश्वर थापा, गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेती छन्।

नयाँ स्टक स्थापनाका लागि ३ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकिएको छ। यसमध्ये संस्थागत लगानीकर्ताले ७० प्रतिशत लगानी गर्न सक्छन्।

स्टक एक्सचेन्ज सञ्चालनमा आएको दुई वर्षभित्र आफ्नो जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याएको हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group