काठमाडौं २२ पुस । काठमाडौँ जिल्ला अदालतले टुटलका संस्थापक शिक्षित भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको छ ।
गत शुक्रबार पक्राउ परेका भट्टलाई न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले जमानीमा रिहा गर्न आदेश दिएको हो ।
आपराधिक विश्वासघात तथा प्रतिलिपि अधिकार ऐन सम्बन्धी कसूरको मुद्दामा अदालतले प्रतिवादीलाई थुनामा नै राखी मुद्दा अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको इजलासको ठहर छ ।
भट्टका तर्फबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनाली र सूर्यप्रसाद कोइरालाले बहस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्