ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी हुन् राष्ट्रियसभाको १९ सीटका लागि उठेका ४७ उम्मेदवार


एबीसी न्यूज
२३ पुस २०८०, सोमबार   १ : ०८   बजे

काठमाडौं २३ पौष । राष्ट्रियसभामा १९ जनाको पदावधि आगामी फागुन २० गते सकिँदै छ । राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार सरकारले माघ ११ गते निर्वाचन मिति घोषणा गरेको छ । गठबन्धनबाट १९ जना, नेकपा एमालेबाट १९ र राप्रपाबाट ९ जना मैदानमा छन् ।

 

निर्वाचनको लागि आज उम्मेदवारी दर्ता सुरू भइसकेको छ । अहिलेसम्म सबै दलले उम्मेदवारको टुंगो लगाएर केहीले उम्मेदवारी दर्ता समेत गरिसकेका छन् ।

नेपाली कांग्रेस
नेपाली काङ्ग्रेसबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका १० जना चुनावी मैदानमा उत्रिएका छन् । कोशीमा सिटौला उम्मेदवार बन्दा मधेसमा आनन्द ढुङ्गानालाई उम्मेदवार बनेका छन् ।

बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार छन् । यस्तै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपाङ्गतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फ विष्णुकुमारी सापकोटा चुनावी मैदानमा छन् । कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्य बलदेव बोहरा र अपाङ्गतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार छन् ।

उम्मेदवार छनोटसँगै कांग्रेसभित्र विवाद पनि चुलिएको छ । शेखर(गगन समूहले ४ जना माग्दा सभापति देउवाले ३ जना मात्रै दिएपछि कांग्रेसभित्र गुटको विवाद अझ बढेको छ । उम्मेदवार चयनको मापदण्ड पालना नभएको र आग्रहपूर्ण निर्णय गरिएको भन्दै उम्मेदवार चयनको निर्णयप्रति महामन्त्री गगन थापाले लिखित असहमति राखेका छन् ।

माओवादी केन्द्र
सत्ता गठबन्धनभित्र १९ सीटमध्ये ६ सीटमात्रै आफ्नो मागमा परेपछि अहिले माओवादी केन्द्रले ७ प्रदेशमा ६ उम्मेदवार उठाएको छ । कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरूपा शर्मा, लुम्बिनीबाट झक्कु सुवेदी, कर्णालीबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट रेणु चन्द चुनावी मैदानमा उत्रिएकी छन् ।

नेकपा एस
अन्तिमसम्म पनि ३ सीटको लागि लबिङ गरिरहेको नेकपा एस अन्ततः २ जनालाई मात्रै चुनावी मैदानमा उतारेको छ । एकीकृत समाजवादीको बागमती प्रदेशमा दलित कोटाबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णाली प्रदेशबाट महिला कोटामा दैलेखकी सावित्री मल्ल चुनावी मैदानमा छिन् ।

पार्टीले दुईजना उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधव नेपालसहित उपाध्यक्ष पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको थियो । तीनजनाले दुईजनालाई टिकट दिए ।

नेकपा एमाले
राष्ट्रियसभा निर्वाचनको लागि १९ पदमा एमालेका १९ जना नै मैदानमा उत्रिएका छन् ।

एमालेले कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला सुनसरी०, अन्यबाट पर्शुराम अधिकारी भोजपुर०, मधेशमा महिलाबाट उषादेवी थरुनी पर्सा०, अन्यबाट डा। अर्जुनकुमार सिंह राजपुत महोत्तरी०, बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं दोलखा०, अन्यबाट त्रिलोचन निर्मल पौडेल चितवन०, अपाङ्गता र अल्पसंख्यकबाट विवेक देवकोटा काठमाडौँ०, दलितबाट ध्रुवराज विश्वकर्मा धादिङ०, गण्डकीमा महिलाबाट सम्झना देवकोटा ९गोरखा०, अन्यबाट चक्रबहादुर पराजुली स्याङ्जा० लाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, अपांगता र अल्पसंख्यकबाट हेमन्द्र शेरचन मुस्ताङ०, लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी ९दाङ०, अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री ९पाल्पा०, कर्णालीमा महिलाबाट विमलाकुमारी शाही ९हुम्ला०, अन्यबाट डिल्लीप्रसाद भट्ट ९मुगु०, दलितबाट हिक्मत विक ९दैलेख०, सुदूरपश्चिममा महिलाबाट सावित्री देवी घिमिरे ९कैलाली०, अन्यबाट ईश्वरीप्रसाद खरेल ९कञ्चनपुर० र अपाङ्गता र अल्पसंख्यकबाट रामचन्द्र जोशी ९कैलाली० छन् ।

१९ सीट मै सत्ता गठबन्धन एकजुट भएर निर्वाचन होमिएको भएकाले एक सीट पनि जित्ने सम्भावना छैन ।

राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १५ जना उम्मेदवार निर्वाचनमा होमिएका छन् । ६ जना उम्मेदवार तय गरिएपनि प्रस्तावरसमर्थक टुंगो नलागेकोले राप्रपाले उनीहरूको नाम सार्वजनिक गरेको छैन । प्रस्तावरसमर्थक टुंगो लागे १९ वटै ठाउँमा उम्मेदवारी दिने राप्रपाले जनाएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिले उम्मेदवारको नाम टुङ्ग्याएको भए पनि सार्वजनिक गरिएको थिएन । स्रोतले दिएको जानकारीअनुसार कोशीबाट एक, मधेसबाट २, बागमतीबाट चार, गण्डकीबाट दुई र लुम्बिनीबाट दुई उम्मेदवार उठाउन लागिएको हो । यस्तै कर्णालीबाट १ र सुदूरपश्चिमबाट ३ उम्मेदवार राप्रपाले छनोट गरेको छ ।

कोशीबाट उद्धव पौडेल एकमात्र उम्मेदवार बन्ने भएका छन् । बागमतीमा महिलामा नानू नगरकोटी, दलितमा पूर्णबहादुर खड्का, अपाङ्गमा भरतमणि भट्ट र अन्यमा हेमजङ गुरुङको नाम फाइनल गरिएको छ । गण्डकीमा महिलाबाट गौमाया श्रेष्ठ र पुरुषबाट रोमबहादुर भण्डारी छन् । यस्तै, लुम्बिनीबाट निरञ्जन थापा र विजयीलक्ष्मी उठ्ने भएका छन् ।

जसपा
गठबन्धनमा एक सीट पाएको जसपाले पूजा चौधरीलाई अघि सारेको छ ।

जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरीसमेत रहेकी पूजा गत मंसिरको प्रदेशसभा निर्वाचनमा रौतहट ३ ९क० बाट पराजित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group