काठमाडौं २३ पौष । कोसीबाट राष्ट्रियसभा सदस्य पदका लागि नेकपा ९एमाले०ले उमेदवारी दर्ता गराएका छन् । भोजपुरका परशुराम अधिकारी र सुनसरीकी रुक्मिणी कोइरालाले सोमबार कोसी प्रदेश निर्वाचन कार्यालय विराटनगरमा उमेदवारी दर्ता गराएका हुन् ।
अधिकारीको प्रस्तावकका प्रदेशसभा सदस्य सिर्जना राई र समर्थकमा जयप्रकाश चौधरी छन् । यसैगरी कोइरालाको प्रस्तावक रामप्रसाद मेहता र समर्थक शिला दीक्षित कार्की छन् ।
गठबन्धनबाट कांग्रेसका पूर्वमहामन्त्री झापाका कृष्णप्रसाद सिटौला र महिलामा माओवादीका केन्द्रीय सदस्य ओखलढुंगाकी चम्पादेवी कार्कीले उमेदवारी दर्ता गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्