ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘तपाईं उच्च शिक्षामा गर्नुहोस्’ -राष्ट्रपतिसँग नागरिक अगुवा


ABC NEWS
२३ पुस २०८०, सोमबार   ६ : ००   बजे

काठमाडौं २३ पुस । नागरिक समाजका अगुवाले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर बेथिति र अव्यवस्थाको अन्त्यका लागि ‘मोरल अथोरिटी’ प्रयोग गर्न सुझाव दिएका छन् ।

सोमबार अपराह्न शीतलनिवास पुगेका अगुवा डा. देवेन्द्रराज पाण्डे, प्राध्यापक केदारभक्त माथेमा, पीताम्बर शर्मा, दमननाथ ढुंगाना, होमनाथ दाहालले यस्तो सल्लाह दिएका हुन् ।

संविधानले राष्ट्रपतिलाई विशेष अधिकार नदिए पनि नागरिकको उच्च सम्मानप्राप्त संस्थाको नेतृत्व भएकाले नैतिक शक्ति देखाउन चुक्न नहुने भन्दै अगुवाहरुले पछिल्लो अवस्थाबारे ध्यानाकर्षण गराएका थिए ।

प्रथम राष्ट्रपति रामवरण यादवले चुरे क्षेत्रको संरक्षणका लागि लिएको पहलबाट राष्ट्र लाभान्वित भएको भन्दै अगुवाहरुले वर्तमान राष्ट्रपतिलाई उच्च शिक्षा केन्द्रित भएर काम गर्ने अवसर रहेको औंल्याए ।

विश्वविद्यालयमा बेथिति र अराजकता बढेको हुनाले त्यसलाई सुधार्न राष्ट्रपतिका मार्गदर्शनहरु महत्वपूर्ण बन्ने उनीहरुको भनाइ थियो । ‘डा. यादवले राष्ट्रपति छँदा चुरे संरक्षणमा गर्नुभएको पहलले देशलाई सकारात्मक प्रभाव पार्‍यो’ प्राध्यापक माथेमाले राष्ट्रपतिलाई भने, ‘तपाईंलाई पनि यो उच्च शिक्षामा भएको बेथिति र अराजकता रोक्न सरकारलाई मार्गदर्शन गराउने, सरोकारवालाहरुलाई सचेत गराउने नैतिक दायित्व छ ।’

डा. पाण्डेले राजनीतिक र आर्थिक क्षेत्रमा व्याप्त विकृतिहरुबारे ध्यानाकर्षण गराउँदै राजनीतिक दलहरुमा शुद्धीकरणको अभावबारे बोलेका थिए । अगुवाहरुले भेटमा संघीयतालाई सुदृढ तुल्याउन, सुशासनको प्रत्याभूति, सेवा प्रभावलाई चुस्त र प्रभावकारी लगायतमा रहेर राष्ट्रपतिलाई सुझाव दिएको भेटमा सहभागीले जानकारी दिए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले नागरिक समाजका अगुवाहरुले लोकतन्त्र, संघीयता, सुशासन सुदृढीकरण र शिक्षा क्षेत्रको बेथिति अन्त्य गर्ने विषयमा सुझाव दिएको जानकारी दिए ।

लोकतान्त्रिक आन्दोलनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका नागरिक समाजका अगुवालाई राष्ट्रपति पौडेलले सोमवार शीतलनिवासमा डाकेका थिए । सत्तामा रहेकाहरूको आचरण र व्यवहारबाट लोकतन्त्र कमजोर बनाउन चाहनेहरूलाई बल नपुगोस् भन्ने तर्फ सचेत रहनुपर्ने सुझाव नागरिक समाजका अगुवाहरुले दिएका थिए ।

लोकतान्त्रिक प्रणाली र व्यवस्थालाई मजबुत बनाउन ‘मोरल अथोरिटी’ प्रयोग गरेर अभिभावकीय भूमिका निर्वाह गर्न सुझाव दिएको भेटमा सहभागी एक नागरिक समाजका अगुवाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group