ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्यका महत्त्वपूर्ण निकायका कार्यकारी पद रिक्त, कतै हस्तक्षेप कतै ढिलासुस्ती


एबीसी न्यूज
२४ पुस २०८०, मंगलबार   १ : ०४   बजे

काठमाडौं २४ पौष । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुस ११ गतेदेखि निमित्त निर्देशकको भरमा छ । यसअघिका निर्देशक डा. चन्द्रमणि भट्टराईको कार्यकाल पुस ७ गते सकिएसँगै केहीदिन अस्पताल अभिभावकविहीन बन्यो ।

पुस ११ गते स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सिनियर कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा। रवि मल्ललाई निमित्तको जिम्मेवारी दिए । डा। मल्ललाई नै कार्यकारी निर्देशक नियुक्त गर्न स्वास्थ्यमन्त्री बस्नेतलाई सांसद आरजु राणा देउवाको तहबाट दबाबु छ ।

६० वर्षे सेवा अवधि बिताइसकेका उनलाई निर्देशक स्वीकार्न अस्पतालभित्रकै नयाँ पुस्ताका कर्मचारी तयार छैनन् । व्यापक राजनीतिक हस्तक्षेपकाबीच ‘कामचलाउ निमित्त निर्देशक’ नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन् ।

चिकित्सा शिक्षा आयोगका तीनवटा महत्त्वपूर्ण निर्देशनालय र एक बोर्डमा निर्देशक पद रिक्त भएको दुई महिना पूरा हुन लाग्यो । आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय, नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजमा निर्देशक पद रिक्त छ ।

यी चार निकायमा निर्देशकहरूको चारवर्षे कार्यकाल मंसिर ४ गतेदेखि सकिएसँगै चार जनाको कार्यभार एक्ला उपाध्यक्षको काँधमा थपिएको छ ।

निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले मंसिर ५ गतेदेखि छनोट प्रक्रिया अघि बढाए पनि दुई महिना बित्न लाग्दा टुंगिएको छैन । पन्ध्र दिनभित्र नाम बुझाउने गरी गठित सिफारिस समितिले मंसिर १६ मा १२ जनाको नाम सर्ट लिस्टेड गरेको थियो ।

आवेदक २० जनामध्ये छनोट भएका १२ जनाको प्रस्तुतीकरण र अन्तर्वार्ता मंसिर १८ गतेलाई राखियो । तर, अल्पसूचीमा नपरेका एक प्रतिस्पर्धीले छनोट प्रक्रिया निष्पक्ष नभएको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै अन्तर्वार्ता र प्रस्तुतीकरण अर्को सूचना नआएसम्मका लागि स्थगित गर्‍यो ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिलाई सममितिले छलफलका लागि बोलाएको थियो । समितिले छनोट प्रक्रियाबारे एक चरणको स्पष्टीकरण पनि दियो । तर, सो मुद्दाको किनारा अहिलेसम्म लाग्न सकेको छैन ।

अदालती प्रक्रियामा पुगे पनि समितिको असहयोग र ढिलासुस्तीका कारण नियुक्ति प्रक्रिया लम्बिएको शिक्षा मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।

निर्देशक नियुक्तिमा ढिलाइ हुँदा चिकित्सा शिक्षा आयोगबाट हुने कामकाज प्रभावित भएका छन् ।

“यति लामो समय लाग्नु राम्रो होइन, यस्तो अवस्थामा उपाध्यक्षलाई धेरै भार पर्छ । आयोगका मापदण्ड तथा प्रत्यायन निर्देशनालयका पूर्वनिर्देशक डा। दिलिप शर्मा भन्छन् ।

यता नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रार पद पनि निमित्तकै भरमा छ । यसअघिका रजिस्ट्रार डा। कृष्णप्रसाद अधिकारीसहित चार सदस्यको चारवर्षे कार्यकाल पुस ७ गते सकिएको थियो । तर, डा। अधिकारीले आफ्नो कार्यकाल सकिएको कतैबाट औपचारिक जानकारी नआएको भन्दै पद छाडेका थिएनन् ।

स्वास्थ्य मन्त्रालयबाट कार्यकाल सकिएको पत्र पठाएसँगै डा। अधिकारीले पुस २० गते पद छोडे । स्वास्थ्यमन्त्री बस्नेतले पुस २२ गते निमित्त रजिस्ट्रारमा काउन्सिलकै निर्वाचित सदस्य डा। विश्वराज दवाडीलाई नियुक्त गरेका छन् ।

तर, रजिस्ट्रार नियुक्तिका लागि मन्त्रालयले दुई साता बितिसक्दा पनि प्रक्रिया अघि बढाएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा काउन्सिलको रजिस्ट्रार मन्त्रिपरिषद्ले नियुक्त गर्ने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group