ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बढ्यो छडको भाउ, साढे दुईतले घर बनाउँदा कति लाग्छ खर्च?


एबीसी न्यूज
२४ पुस २०८०, मंगलबार   १ : ४२   बजे

काठमाडौं २४ पौष । घर निर्माणका लागि सुरूमै चाहिने सामग्री हो छड। छडबिना हामी आरसिसी पक्की घरको कल्पना पनि गर्न सक्दैनौं।

तपाईंहरूमध्ये धेरैलाई घर बनाउँदा कति छड चाहिन्छ र खर्च कति लाग्छ भन्ने जिज्ञासा होला।  यहाँ हामीले निर्माण व्यवसायीहरूको सहयोगमा साढे दुईतले घरमा लाग्ने छडको मात्रा र खर्चबारे जानकारी दिएका छौं।

घर बनाउन टिएमटी छड प्रयोग हुन्छ। यो छड विभिन्न ब्रान्डमा पाइन्छ। ब्रान्डअनुसार मूल्य पनि फरक हुन्छ।  छड विभिन्न आकारका हुन्छन्। छडको आकारले पनि मूल्यमा फरक ल्याउँछ। सामान्य घर बनाउन ८, १०, १२, १६, २० एमएम ९मिमी० को छड प्रयोग हुन्छ। त्यस्तै अपार्टमेन्ट, हाउजिङ लगायत ठूला परियोजनामा ३२ एमएम मिमी सम्मको छड प्रयोग हुन्छ।

पछिल्लो समय संरचना निर्माणको काम सुस्त छ। त्यसैले निर्माण सामग्रीहरूको माग घट्दो छ। मूल्य पनि धेरै हेरफेर भएको छैन। छडको मूल्य भने बढ्दो क्रममा छ।

अहिले बजारमा छड प्रतिकिलो ९७ रूपैयाँदेखि एक सय रूपैयाँसम्म पुगेको नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंका सल्लाहकार अन्सन शाखले जानकारी दिए।  एक(दुई दिनमै छडको भाउ किलोमा दुईदेखि तीन रूपैयाँ बढेको छ, उनले भने।

अहिले नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली चलाएका उद्योगहरूले बक्यौता महसुल नबुझाएको भन्दै केही उद्योगको बिजुली लाइन काटिदिएको छ। बिजुली काटिएकामध्ये केही छड बनाउने उद्योग पनि छन्। ती उद्योगहरू बिजुली नहुँदा बन्द भएका छन्। उत्पादन भएको छैन।

यही कारण अहिले छडको भाउ बढेको हो।

अहिले माग बढेको छैन तर सबै आकारका छड पाउन गाह्रो छ,ु शाखले भने, ुनयाँ उत्पादन आउन सकेको छैन। भण्डारमा भएको पनि सकियो भन्छन्।

उनका अनुसार छडको मूल्य आकार अनुसार दुई प्रकारले निर्धारण गरिएको हुन्छ — आधार दर बेस रेट र आधार दरमा थप साढे तीन रूपैयाँ।

१०, १२ र १६ एमएम मिमी को डन्डीको भाउलाई आधार दर मानिन्छ। त्यस्तै ८, २० र २५ एमएम मिमी को डन्डीको भाउमा आधार दरमा थप साढे तीन रूपैयाँ जोडिन्छ।

अहिले बजारमा डन्डीको आधार दर अर्थात् १०, १२ र १६ एमएमको किलोको ९७ रूपैयाँ छ। अनि ८, २० र २५ एमएमको डन्डी एक सय रूपैयाँ ५० पैसा छ।

यो भाउ ब्रान्ड र कम्पनी अनुसार थोरै फरक हुन्छ, उनले भने।   साढे दुईतले घर बनाउन छडमा कति पैसा छुट्याउनु पर्लारु

यहाँ हामीले आठ वर्षदेखि घर निर्माण गर्दै आएको जिरो डाय नेपालका सह–संस्थापक आर्किटेक्ट इञ्जिनियर सत्येन्द्र भट्टराईको सहयोगमा साढे दुईतले घर बनाउँदा छडमा लाग्ने खर्चको विवरण निकालेका छौं।

यो नौ सय वर्गफिट क्षेत्रफलमा बन्ने घरको लागत अनुमान हो।

भट्टराईका अनुसार छडको अनुमान डिजाइनले निर्धारण गर्छ। घरमा राखिने पिलर, स्ल्याब र बिमको आकारले खर्च घटबढ गराउँछ।

डन्डी धेरैजसो पिलर, बिम, स्ल्याब र भर्‍याङमा प्रयोग हुन्छ। आवश्यकता अनुसार फरकफरक आकारका राखिन्छ।

घरको लोड ९भार०, पिलरबीचको दुरी र घरको उचाइ अनुसार डन्डीको आकार निर्धारण हुन्छ,ु उनले भने।

स्ल्याबमा १० र ८ एमएमको डन्डी प्रयोग हुन्छ। त्यस्तै बिममा ८, १२ र १६ एमएमको प्रयोग हुन्छ भने पिलरमा १२, १६ र २० एमएमको लाग्छ। रिङ बाँध्न पनि ८ एमएमकै डन्डी प्रयोग गरिन्छ।

यसको आधारमा भन्दा साढे दुईतले घरका लागि जगदेखि छतसम्म १४ हजार किलो डन्डी प्रयोग हुन्छ,आर्किटेक्ट इञ्जिनियर भट्टराईले भने।

अहिलेको मूल्यअनुसार १४ हजार किलो डन्डीका लागि साढे १३ लाखदेखि १४ लाख रूपैयाँसम्म खर्च छुट्ट्याउनुपर्छ। यो खर्चमा छड किनेको ठाउँदेखि घर बनाउन लैजाने ठाउँसम्मको लगेको ढुवानी ज्याला जोडिएको छैन।

त्यस्तै घरको तला अझै थप्ने हिसाबले बनाइएको छ भने, डन्डीको मात्रा र खर्च दुवै बढ्न सक्छ।

डन्डी किन्दा यी कुरामा ध्यान दिनुहोस्

साधारणतया छडको ग्रेड जति बढी भयो, त्यति नै बलियो मानिन्छ। ग्रेडले डन्डीको बलियोपन बुझाउँछ। उच्च ग्रेडको भए थोरैले काम चल्छ र बलियो पनि हुन्छ। लचकता बढी भएको छडले घर भूकम्प प्रतिरोधी बनाउन मद्दत गर्छ।  योसँगै छडको गुणस्तर, भारवहन क्षमता र लचकताबारे पनि उत्तिकै सचेत हुनुपर्छ।

निर्माण कम्पनीले छडको प्रयोगशाला परीक्षण नगरी बजार पठाउन पाउँदैन। उपभोक्ताले माग गरेको अवस्थामा कम्पनी वा आधिकारिक डिलरले उक्त रिपोर्ट देखाउनुपर्छ।

त्यस्तै नापतौल तथा गुणस्तर विभागले छडको गुणस्तर मापन गरेर एनएस चिह्न प्रदान गरेको हुन्छ। छडमा तोकिएको मापदण्ड पूरा नभए उत्पादन निषेध गरिने नियम छ। त्यसैले प्रयोगशालाको पछिल्लो रिपोर्ट र गुणस्तर चिह्न हेर्न बिर्सिनु हुँदैन।

अनि, घर बनाउनुअघि आफ्नो आवश्यकता के हो भन्नेबारे कुशल इञ्जिनियरसँग सुझाव लिनुपर्छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group