ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुदायिक विद्यालय समायोजन गर्दै स्थानीय तह


एबीसी न्यूज
२५ पुस २०८०, बुधबार   ११ : ४०   बजे

काठमाडौ २५ पौष । मकञ्चनपुरमा स्थानीय तहले विद्यालय समायोजन र व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएका छन् । जिल्लामा नौ पालिकामा ५७ सामुदायिक विद्यालय छन् । भीमदत्त नगरपालिकाले विद्यालयको स्थलगत अनुगमन गरी तयार गरिने प्रतिवेदनका आधारमा व्यवस्थापन गर्ने जनाएको छ ।भीमदत्त नगरपालिका शिक्षा शाखाका प्रमुख कलावती मिश्रले सामुदायिक विद्यालयको अनुगमन जारी रहेको बताए।

“चालिसवटा विद्यालयको समग्र अवस्थाबारे स्थलगत अनुगमन भइसकेको छ”, उनले भने, “सो क्रममा विद्यार्थीको सङ्ख्या, विद्यालयको अवस्था र विद्यालयबीचको दूरीलगायतका विषय बुझ्ने गरिएको छ ।” उनले प्रतिवेदनपछि मात्रै विद्यालय समायोजनदेखि व्यवस्थापनका विषय अघि बढ्ने जानकारी दिए।त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले गत वर्ष नै विद्यालय समायोजन गर्ने लक्ष्यसहित सामुदायिक विद्यालय अनुगमन गरिसकेको छ । शिक्षा शाखाका प्रमुख सुरेशप्रसाद भट्टले गत वर्ष शैक्षिकसत्र सुरु भइसकेकाले समायोजनको निर्णय हुन नसकेको बताए ।

“यहाँ रहेका ३२ वटा सामुदायिक विद्यालयमध्ये तीनदेखि चारवटासम्म समायोजन हुने भन्ने छ”, उनले भने, “त्यसका लागि कार्यदलसमेत पालिकामा बनेको छ ।” उनले यो वर्ष पालिकामा विद्यालय समायोजन भइसक्ने बताए।

त्यसैगरी कञ्चनपुरको दोधारा चादँनी नगरपालिकाले सामुदायिक विद्यालयमा समायोजन गरिसकेको छ । यहाँको शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीले यहाँ एउटा सामुदायिक विद्यालय समायोजन गरिएको बताए।“दोधारा चादँनीमा २३ वटा सामुदायिक विद्यालयबाट समायोजन गरेर २२ रहे”, उनले भने, “दरबन्दी मिलान पनि सोहीअनुसार भइसकेको छ ।”

बेल्डाँडी गाउँपालिकाले पनि समायोजन कार्य अघि बढाउन सामाजिक विकास समितिका संयोजकको संयोजकत्वमा १२ सदस्यीय कार्यदल बनाएको छ । “कार्यदलले यहाँ रहेका १४ वटै विद्यालय अनुगमन गरी प्रतिवेदन बनाएर पालिकाका अध्यक्षलाई बुझाएको छ”, बेल्डाँडी गाउँपालिका शिक्षा शाखाका प्रमुख भानुभक्त जोशीले रासससित भने, “अध्यक्ष र कार्यपालिकाबाट निर्णय हुन बाँकी छ ।”शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयका प्रमुख दीपक कलौनीले कञ्चनपुरमा बेदकोट र दोधारा चादँनी नगरपालिकामा एक–एक विद्यालय समायोजन भएको जानकारी दिए । कञ्चनपुरमा कुल दुई सय ५९ सामुदायिक विद्यालय सञ्चालित छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu