ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्पताल प्रशासन-शिक्षामन्त्रीको पत्रले मंगलबारको वार्ता भाँडियो


एबीसी न्यूज
२५ पुस २०८०, बुधबार   १२ : ५५   बजे

काठमाडौं २५ पौष । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसी र आन्दोलनरत आवसीय चिकित्सकबीच आज दोस्रो चरणको वार्ता हुँदै छ । मंगलबार भएको वार्तामा सहमति नभएपछि बुधबार आज० पुनः वार्ता हुन लागेको हो ।

वार्ता काठमाडौं विश्वविद्यालय केयू०स्थित डिनको कार्यालयमा हुँदै छ । वार्ता टोलीमा अस्पताल व्यवस्थापनको तर्फबाट प्रबन्धक नारायणप्रसाद दाहाल, केपी शर्मा र लक्ष्मण अधिकारी तथा निलम्बनमा परेका चिकित्सक डा। विशद दाहाल र उनका आवासीय चिकित्सकका तर्फबाट प्रतिनिधिहरू छन् ।

मंगलबार दिनभर केएसमीमा भएको वार्ता सहमतिनजिक पुगे पनि शिक्षामन्त्रीको पत्रका कारण भाँडिएको अस्पतालका व्यवस्थापक नारायणप्रसाद दाहाल बताउँछन् । “हामी सहमितिनजिक पुगिसकेका थियौँ, मन्त्रीको पत्र प्राप्त भएपछि त्योभन्दा अघि बढ्न सकिएन”, उनले बाह्रखरीसँग भने ।

शिक्षा विज्ञान तथा प्रविधीमन्त्री अशोककुमार राईले सहकुलपतिको हैसियतले डा। दाहालमाथिको निलम्बन फिर्ता गर्न केयूलाई निर्देशन दिएका थिए । पत्रमा केयूबाट हेल्थ क्याम्प र फिल्ड भिजिटसम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्र विद्यार्थीलाई स्वास्थ्य शिविरमा पठाउन निर्देशन दिइएको छ ।

शिक्षामन्त्रीको पत्रको व्यहोरा अनुसार अघि बढ्नुको साटो केएमसी सञ्चालक कंग्रेस सांसद सुनील शर्मा थप रुष्ट भएको अस्पताल प्रशासनका एक अधिकारी बताउँछन् । शर्माले डा। विशदले माफी नमागेसम्म निलम्बन फिर्ता नहुने भन्दै केयूलाई ‘सम्बन्धन खारेज गरेर देखाउन’ चुनौती दिँदै आएका छन् ।

केएमसीले पीजी दोस्रो वर्षमा अध्ययनरत आवासीय चिकित्सक डा। विशदलाई अनुशासन उल्लंघन गरेको र कर्तव्य पालना नगरेको भन्दै पुस १२ गते एक महिनाका लागि निलम्बन गरेको थियो । उनको निलम्बन नियमसंगत नभएको भन्दै केएमसीमा पीजी पहिलो र दोस्रो वर्षका आवासीय चिकित्सक आन्दोलनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu