ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुद्ध एयर दाजु–भाइ विवाद ४० प्रतिशत सेयर धनीलाई ‘बाइपास’


एबीसी न्यूज
२५ पुस २०८०, बुधबार   ४ : ३७   बजे

काठमाडौं २५ पौष । बुद्ध एयरले निकालेको वार्षिक साधारणसभा एजीएम को दुई वटा बुँदा कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । बुद्ध एयरले कम्पनीका ४० प्रतिशत सेयर धनीलाई एजीएममा प्रतिनिधि हुन नमिल्ने गरी सूचना जारी गरेको थियो । बुद्ध एयरको एजीएम आगामी २७ गते हुँदै छ ।

‘नागरिकता’को सवाल उठाउँदै बुद्ध एयरले ४० प्रतिशत सेयर धनीको तर्फबाट दुई जनालाई एजीएममा प्रतिनिधि बन्न नसक्ने गरी ‘कम्पनी ऐन २०६३’ विपरीत सूचना निकालेको थियो ।

त्यसपछि ४० प्रतिशत सेयरधनीको तर्फबाट शिवेन्द्रबहादुर बस्नेतले पुस १९ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । उच्च अदालत पाटनले पुस २० गते साधारण तारिख दियो । पुस २२ मा अन्तरकालीन आदेश जारी गर्दै शिवेन्द्रको पक्षमा आदेश दिएको छ ।

“वार्षिक साधारण सभामा भाग लिन प्रनिनिधि नियुक्ति गर्न चाहने शेयरधनीहरुले कम्पनीले तोकेको ढाँचामा प्रनिनिधि ९प्रोक्सी० फारम भरी सभा सुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगावै कम्पनीको रजिष्टर्ड कार्यालयमा फारम दता गराई सक्नुपर्ने छ । कम्पनीको छाप लागेको प्रतिनिधि ९प्रोक्सी० फारम कम्पनीको रजिष्टर्ड कार्यालयबाट उपलब्ध गराइने छ,” बुँदा नम्बर तीनमा उल्लेख गरिएको छ ।

कम्पनीमा हाल दाजु वीरेन्द्रबहादुर परिवारको नाममा ६० प्रतिशत र भाई शिवेन्द्रबहादुर बस्नेतको परिवारको नाम ४० प्रतिशत सेयर छ ।

कम्पनीमा वीरेन्द्रबहादुर बस्नेत र उनको परिवार सुनिता बस्नेत, आरजु बस्नेत र आस्था बस्नेतको नाममा गरी ६० प्रतिशत छ । यस्तै, भाइ शिवेन्द्रबहादुर बस्नेतका परिवार सदस्य अर्चना बस्नेत, शिवानी बस्नेत, देबयानी बस्नेत र आदर्शबहादुर बस्नेतको नाममा ४० प्रतिशत सेयर छ ।

“साधारण सभा हुने दिनमा निज प्रतिनिधिले आफ्नो र नियुक्त गर्ने शेयरधनीको सक्कल नेपाली नागरिकता ल्याउन पर्ने छ,” बुँदा नम्बर चारमा उल्लेख गरेको छ ।

नागरिकता नभएका कारण ४० प्रतिशत शेयरधनी प्रतिनिधिका रुपमा सहभागी हुन दुई जना बञ्चित हुन्छन् । शिवानी बस्नेत र आर्दशबहादुर बस्नेतसँग नागरिकता नभई गैरआवासीय कार्डमात्र छ ।

बुद्ध एयरले निकालेको सूचनामा सभा हुने दिन प्रतिनिधिले आफ्नो र नियुक्त गर्ने शेयरधनीले सक्कल नेपाली नागरिकता ल्याउनुपर्ने उल्लेख गरेको छ ।

आफ्ना परिवारका दुई सदस्य प्रतिनिधिका रुपमा सहभागी हुन नपाउने भएपछि शिवेन्द्रबहादुरले गत बिहीबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले पुस २२ गते शिवेन्द्रको पक्षमा आदेश दिएको हो ।

बुद्ध एयरले निकालेको सूचनाको ‘साधारण सभाको अन्य जानकारी’ शीर्षक बँुदा नम्बर ९३० र ९४० कार्यान्वयन नगर्न उच्च अदालतले आदेश दिएको छ । उक्त बुँदा ‘कम्पनी ऐन २०६३’ अनुकूल नरहेको उल्लेख गरी कार्यान्वयन नगर्न उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको छ ।

कसरी सुरू भयो दाजुभाइबीचको विवाद रु

शिवेन्द्र बुद्ध एयरका संस्थापक सुरेन्द्रका कान्छा छोरा हुन् । वीरेन्द्र जेठा छोरा हुन् । सुरुमा बुबा सुरेन्द्रको नाममा बुद्ध एयरको सेयर स्वामित्व ८० प्रतिशत थियो । उनका जेठा छोरा वीरेन्द्रको नाममा २० प्रतिशत सेयर थियो ।

बुबा सुरेन्द्रबहादुरको निधन भएसँगै उनका छोराहरू वीरेन्द्र र शिवेन्द्र०बीच सम्पत्तिलाई लिएर विवाद भएको हो ।

शिवेन्द्रले गत वैशाख २७ गते पत्रकार सम्मेलन गरी शिवेन्द्रले ४० प्रतिशत सेयरधनीको हक खोसिएको बताएका थिए । त्यसलगतै बुद्ध एयरले शिवेन्द्रबहादुर बस्नेतसँग सम्बन्ध नरहेको जानकारी गराएको थियो ।

त्यसपछि बुद्ध एयरका सञ्चालक दाजुभाइद्वय वीरेन्द्रबहादुर र शिवेन्द्रबहादुरबीच सम्पत्ति विवाद सुरु भएको थियो ।

सुरेन्द्रको निधनपछि उनको नाममा रहेको बुद्ध एयरको ८० प्रतिशत सेयरमध्ये ४०–४० प्रतिशत दुई भाइको भागमा परेको थियो । जेठा छोरा वीरेन्द्रसँग पहिले नै २० प्रतिशत सेयर थियो । बाँडफाँडपछि वीरेन्द्रको स्वामित्व ६० प्रतिशत पुग्यो । बाँकी रहेको ४० प्रतिशत सेयर स्वामित्व शिवेन्द्रको परिवारका सदस्यको नाममा छ ।

कान्छा छोरा शिवेन्द्रले आफ्नो ४० प्रतिशत सेयर स्वामित्व रहे पनि आफूलाई कम्पनीले गरिरहेको काम कारबाहीबारे कुनै जानकारी नदिएको गुनासो गर्दै आएका छन् । कम्पनीको आर्थिक अवस्था तथा आगामी योजनाहरूबारे सोधपुछ गर्दा कुनै हिसाब–किताब नदिएको उनको दाबी गर्दै आएका छन् ।

आफूलाई हिसाब नदिइएकाले कम्पनीमा आर्थिक अनियमितता भएको हुन सक्ने उनको आशंका छ । कानुनअनुसार, हिसाब माग्दा नदिइनुले त्यही देखिएको उनको दाबी छ । उनले नौवटा एअरक्राफ्ट ९०० डी बेच्दा र विभिन्न मितिमा १७ वटा एटीआर विमान खरिद गर्दा ४० प्रतिशतको हिस्सेदारसँग कुनै छलफल नगरेको बताएका छन् ।

शिवेन्द्र लामो समयदेखि अमेरिकामा बस्दै आएका थिए । शिवेन्द्र अमेरिकामा बस्न थालेपछि आफ्नो नाममा भएको सेयर २०५६ सालमा बिक्री गरेर बुद्ध एयरबाट अलग भएका थिए । तर, शिवेन्द्रको परिवारका सदस्यको नाममा ४० प्रतिशत सेयर छ ।

बुद्ध एयर २५ वर्षेदेखि नेपाली आकाशमा उडान भर्ने सबैभन्दा ठूलो निजी विमानसेवा कम्पनी हो । बुद्ध एयरले ११ अक्टोबर १९९७ मा एउटा विमानबाट सेवा सुरु गरेको थियो । उसले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा उडान गर्दै आएको छ । बुद्ध एयरले नेपालका १४ स्थान र भारत र भुटानमा चार्टर्ड० पनि उडान गर्दै आएको छ । उसले १७ वटा एटीआर विमानबाट सेवा दिइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group