काठमाडौं २६ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पतालमा उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डसँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका पदाधिकारीको छलफलमा उनले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने बताए । त्यसैले वीर अस्पतालको सेवामा गुणस्तरीय र शुलभ हुनुपर्ने उनको भनाइ छ । वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गरे ।
“बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका क्रममा उहाँहरूले गुनासो गर्ने अवस्था आउनु भएन,” उनको निर्देशन छ ।
कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको जानकारी दिए । सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने आश्वासन पनि दिए ।
प्रतिक्रिया दिनुहोस्