ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकीकृत समाजवादी केन्द्रीय कमिटी १७५ सदस्यीय बनाउन प्रस्ताव


एबीसी न्यूज
२६ पुस २०८०, बिहिबार   १ : १८   बजे

काठमाडौं २६ पौष । नेकपा एकीकृत समाजवादी०ले अन्तरिम विधान २०७८ लाई संशोधन गर्दै छ । आगामी माघ १४ र १५ गते हुने केन्द्रीय परिषद्को बैठकले विधान संशोधन गर्नेछ ।

एकीकृत समाजवादीले विधान संशोधनका लागि तल्ला कमिटीको सुझाव लिने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठकमा प्राप्त भएको सुझावका आधारमा बनेको विधान मस्यौदा प्रस्तावलाई जिल्लासम्म पठाउने र त्यसैको आधारमा सुझाव लिने निर्णय गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

अहिले संशोधन हुन लागेको विधानका व्यवस्थाका विषयमा छलफल जारी छ । उक्त पार्टीमा विधान संशोधनका लागि गरिएको प्रस्तावमा कमिटीका आकार घटाइने उल्लेख छ ।

हाल २४ पदाधिकारीसहित ३५१ सदस्यीय रहेको केन्द्रीय कमिटीलाई १७५ बनाइने प्रस्ताव छ । जसमा ११९ पूर्ण र वैकल्पिक १६ जना केन्द्रीय सदस्य रहने छन् । कुल संख्याको एकतिहाइ महिला राख्ने प्रस्ताव छ ।

त्यस्तै, ४५ सदस्यीय स्थायी कमिटी र ११५ सदस्यीय पोलिटब्यूरो रहने व्यवस्थामा पनि परिवर्तन गरिने नेताहरूले बताएका छन् । जसमा पदाधिकारीसहित १९ सदस्यीय स्थायी कमिटी र ५७ सदस्यीय पोलिट्ब्यूरो रहने प्रस्ताव गरिएको छ । सोही प्रस्ताव अब जिल्ला कमिटीसम्म पठाउन लागिएको हो ।

त्यस प्रस्तावमाथि सुुझाव संकलन हुने नेताहरूले जनाएका छन् । एकीकृत समाजवादीले ०८१ जेठ ३ गतेदेखि ७ गतेसम्म पार्टीको महाधिवेन गर्दै छ । महाधिवेशनअघि विधान संशोधन हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group